प्रधानमन्त्री निवासको मूल गेटमा पत्रकारको धर्ना

सचिवालय बैठकको समाचार संकलनमा अवरोध

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनमा गएका पत्रकारहरू धर्नामा बसेका छन्।

समाचार संकलनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारहरुलाई प्रवेश निषेध गरिएपछि  निवासको मूल गेटमा नै पत्रकारहरु धर्ना बसेका ुहन्।

बैठक सुरु भएको करिब एक घण्टासम्म प्रवेश  नदिइएकाले सञ्चारकर्मीहरु अहिले मूल गेटमा धर्नामा बसेका हुन्। 

लामो विवादपछि नेकपाको सचिवालय बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको थियो।

प्रकाशित मिति: : 2020-04-29 20:27:45

प्रतिकृया दिनुहोस्