उपत्यकामा लकडाउन उल्लंघन गर्ने १८ सय ८९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार दिनभर ४ सय ७९ महिला सहित १८ सय ८९ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बिएल नेपाली सेवालाई जानकारी दिए ।
उनका अनुसार काठमाडाैं सबै भन्दा बढी १४ सय ९०, ललितपुरमा ३ सय ५३ र भक्तपुरमा ४६ जनालाई नियन्त्रणमा लिइएको हाे।
आज ६ सय ५९ वटा दुई पाङ्ग्रे र ५५ वटा चारपाङग्रे गरी ७ सय १४ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।