संचारकर्मी र सरोकारवालासँग ‘स्थानीय मुद्दामा पत्रकारीता—खानेपानी, सरसफाई र स्वच्छता विषय विशेष बहस’ गरिएको छ।लकडाउनको समयमा आफ्नो अनुभव सुनाउन र संचारक्षेत्र र स्थानीय स्तरमा देखिएको चुनौति उजागर गर्न बहस गरिएको हो।
छलफलका क्रममा लकडाउना कारण स्थानीय मुद्दा ओझेलमा परेको विषयमा बहस गरिएको थियो र लकडाउन खुलेपछि खानेपानी सरसफाईको अभावका कारण केही दबाब सृजना हुन सक्ने र यसलाई अहिले नै पूर्व तयारी गर्न नसकिएमा अर्को ठुलो चुनौति देखा पर्ने तथ्यतर्फ इंगित गरिएको थियो।
कार्यक्रममा बोल्दै पूर्व वातावरण मन्त्रीले हालको अवस्थामा उपचारात्मक उपायहरु मात्र नअपनाई सरसफाई र रोकथामका उपायहरुलाई अवलम्बन गर्नु पर्नेतर्फ जोड दिनु पर्ने बताए।
विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मी र सरोकारवाला व्यक्तिसँग सरसफाई र सुरक्षात्मक विधि अपनाउनु पर्ने कुरामा ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो। उनले हाल बढी राजनैतिक समाचार आएको र समाचार मात्र नभई सञ्चार माध्यामद्वारा ‘‘न्युज, न्यूज एण्ड एनालाइसिस’ (समाचार, विचार र समिक्षा) को जरुरी भएको कुरा बताए। उनले सञ्चारकर्मीको सुरक्षा पनि गहन विषय भएको बताए।
WASH Media Forum का अध्यक्ष मनिषा अवस्थिले सरसफाईकर्मीहरुले मास्क, पञ्जा, बुट जस्ता सुरक्षात्मक उपकरण प्रयोग गरेको नदेखिएको र यसको अनुगमन आवश्यक भएको बताइन्।
हाल कोभिड–१९ को समयमा नेपाल सरकारबाट गठित ध्ब्क्ज् ऋगिकतभच कमिटीका सदस्य र एन्फोका कार्यकारी निर्देशक विपिन डंगोलले अस्पताल जन्य फोहोर ल्याण्डफिलमा जाने हुँदा सरसफाईकर्मीहरुको लागि पनि पीपीई अत्यावश्यक रहेको बताए । अस्पतालहरुमा विभिन्न संस्था तथा निकायबाट प्रदान गरिएको पीपीई को पनि गुणस्तर एकैनास नभएकोले ध्यान दिनुपर्ने बताए।
उनले काठमाडौं बाहिरका अञ्चल अस्पतालमा सरसफाईको अवस्था नाजुक रहेको कुरा पनि औल्याए । ‘‘बाहिरको अञ्चल अस्पतालमा विरामी त परै जाओस, डाक्टर र कुरुवाले प्रयोग गर्ने शौचालय पनि छैन, उनले भने ।’ यस्तो सरसफाईको कमीले अरु पनि स्वास्थ्य समस्या उत्पन्न हुने र तराईका केही आइसोलेसन सेन्टरमा औलो जस्ता रोग देखन थालेको उनले बताए।
फोहरमैला व्यवस्थापन महासँघ नेपालका अध्यक्ष मित्र धिमिरेले सरसफाई कायम गर्ने सरसफाईकर्मीहरुको समस्या रहेको बताए । उनले हालै सरससफाईकर्मीमा पनि कोभिड–१९ फेला परेको र हाल कार्यरत सबै सरसफाईकर्मीलाई उपयुक्त पीपीई र स्वास्थ्य विमाको व्यवस्था हुनु पर्ने बताए।
यस्तै अहिलेको जटिल अवस्थामा सरसफाईकर्मीको सहजताको लागि फोहरमैला व्यवस्थापन ऐन सरकारले लागु गर्नु पर्ने बताए। भयो जस अन्तर्गत कुहिने, रि–साईकल गर्न सकिने र रि–साइकल नहुने फोहोर घरबाट छुट्याउनु पर्ने व्यवस्था गरेको स्मरण गराए ।
काठमाडौं महानगरपालिका वातावरण विभागका अधिकृत सानु मैया महर्जनले हाल लकडाउनका समयमा सिसडोल ल्याण्डफिलमा जाने फोहोरको मात्रा बढको बताए। सामान्य अवस्थामा निजी सरसफाई कम्पनीले उठेको फोहोरबाट रिसाइकल हुने फोहोर छुट्टाएर पठाउने र नगरपालिकाले उठाएको फोहोरमा पनि दैनिक मजदुर सरसफाईर्मीले रिसाइकल हुने कागज, प्लाष्टिक, फलाम आदि छुट्टाउने तर अहिलेको भयावह समयमा यो कार्य नभएका कारण ल्याण्डफिलमा बढी फोहोर गएको जिकिर गरे ।
केही पत्रकारले पास नभएको र यातायातको व्यवस्था नहुँदा काम गर्नमा कठिनाई महसुस भएको बताए। त्यस्तै मास्क, ग्लोभस इत्यादि पीपीई को अभावमा फिल्डमा काम गर्दा जोखिम हुने बताए।