अमेरिकी डिभी लोटरी नतिजा एक महिना सर्‍यो, जुन ६ मा प्रकाशित हुँदै

बिएल संवाददाता

वासिङ्टन डीसी-अमेरिका

अमेरिकाले सन् २०२१ का लागि सन् २०१९ मा भरेको डीभी लोटरीको नतिजा जुन ६ मा मात्र निकाल्ने भएको छ। यसअघि हरेक वर्ष मे ५ मा सावर्जनिक हुने डीभी नतिजा एक महिना ढिलो निकाल्न लागिएको हो।

अमेरिकामा कोरोना कहर व्याप्त भएको भन्दै डाइभर्सिटी भिसा (डीभी)को नतिजा एक महिनाका लागि स्थगन गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएकोछ। 

अमेरिकी डिभी लोटरीको नतिजा एक महिना सरेर जुन ६ मा प्रकाशित हुने भएको छ। हरेक वर्ष मे ५ मा प्रकाशित हुने परिणाम कोरोना कहरका कारण एक महिना पर धकेलिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी सरकारको यो निर्णयसँगै यस वर्षको डीभीमार्फत अमेरिकी सपना पूरा गर्ने चाहना भएका हजारौ नेपाली पनि प्रभावित भएका छन्।

डिभी लोटरीको नतिजा एकमहिना पर सारिए पनि अमेरिका आउनका लागि लिइने अन्तर्वार्ता भने अक्टोवर १ देखि नै सुरू हुने छ। 

अमेरिकी सरकारको यो निर्णयसँगै यस वर्षको डीभीमार्फत अमेरिकी सपना पूरा गर्ने चाहना भएका हजारौ नेपाली पनि प्रभावित भएका छन्। मे ५ मा परिणाम आउँछ भनेर पर्खिरहेका उनीहरूले कम्तिमा पनि अरू एक महिना पर्खनुपर्ने भएको छ। 

सन् २०२० का लागि डिभी पारेकाको पनि अन्तरवार्ता अहिले स्थगित छ । मार्चको दोस्रो सातादेखि अमेरिकी कन्सुलेट कार्यालय बन्द भएर स्थगित अन्तर्वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशका कारण जुन २४ सम्मका लागि स्थगित भैसकेका छन्। 

प्रकाशित मिति: : 2020-04-29 08:47:38

प्रतिकृया दिनुहोस्