मुस्लिमको पसलबाट तरकारी नकिन्नु: भाजपा सांसद

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतीय जनता पार्टी (भाजपा)का एक सांसदले मुस्लिमहरुको पसलबाट तरकारी नकिन्न जनताहरुलाई आग्रह गर्दै हिँडेका छन् ।

उत्तर प्रदेशस्थित देओरिया जिल्लाका सांसद सुरेश तिवारीले जिल्लाका जनता र कार्यकर्तालाई मुस्लिमहरुले थापेको पसलबाट तरकारी नकिन्न आग्रह गरेका हुन् ।

 कोरोना भाइरस सर्नसक्ने भन्दै उनीहरुसँग तरकारी नकिन्न सांसदले आग्रह गरेका हुन् ।

‘म सबैलाई खुला रुपमा भनिरहेको छु कि, कसैले पनि मियाहरुको हातबाट तरकारी लिनेछैन, लिनु हुँदैन,’ सांसद तिवारीले भने । 

उनले खुलेआम यस्तो आग्रह गरेको भिडिओ समेत सार्वजनिक भएको छ । तिवारी सत्तारुढ दल भाजपाका नेता समेत हुन् ।

 भारतमा उनीसँगै अन्य थुप्रै जिम्मेवार नेताहरुले सार्वजनिक रुपमै कोरोना भाइरस फैलाउन मुस्लिमहरु जिम्मेवार रहेको भन्दै केहीमाथि मुद्दा समेत दायर गरिएको छ । 

दिल्लीस्थित तबलिगी जमातमा सहभागी मुस्लिमहरुलाई कोरोना फैलाउने कामको जिम्मेवार ठानिएको छ। उनीहरुमाथि मुद्दा समेत दायर भएको छ।

प्रकाशित मिति: : 2020-04-29 08:06:04

प्रतिकृया दिनुहोस्