नेकपाले बुधबारका लागि डाक्याे सचिवालय बैठक

बिएल संवाददाता

काठमाडाै‌ं

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार सचिवालय बैठक बोलाएको छ।

यसअघि हिजो नेकपा वरिष्ठ नेता माधव नेपाल निकटका नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री निकट नेताहरूले आज मंगलबार सचिवालय बैठक बस्ने जानकारी दिएका थिए। तर बैठक बस्नेबारे कुनै तयारी नभएपछि भाेलि साँझ ५ बजेलाई सारिएकाे हाे।

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले आफू अनुकूल नहुँदासम्म आज बाेलाइएकाे सचिवालय बैठक राेकिएकाे प्रचण्ड निकट स्राेतले क्कराेप लगाएकाे छ। तर ओली निकट स्राेतले भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही कुरा बाँकी रहेकाले भाेलिका लागि सारिएकाे जानकारी दिएकाे छ।

आज मात्रै  ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएकाे थियाे। भेट लगत्तै सचिवालय बैठक बोलाइएको हो।

प्रकाशित मिति: : 2020-04-28 18:11:22

प्रतिकृया दिनुहोस्