रिहा भए ज्ञानेन्द्र शाही

बिएल संवाददाता

काठमाडाै‌ं

ज्ञानेन्द्र शाही रिहा भएका छन्।

सर्वोच्च अदालतको आदेशपछि महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई मंगलबार रिहा गरेको हाे।

शाहीलाई रिहा गन माग गर्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै मंगलबार न्यायाधीशहरु पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको इजलासले रिहा गर्न आदेश दिएको हो । उनी लकडाउन उल्लंघनको आरोपमा वैशाख ९ गते ललितपुरबाट पक्राउ परेका थिए ।

शाहीलाई पक्राउ गरी गैरकानूनी रुपमा हिरासतमा लिइएको भन्दै अधिकारकर्मी इन्द्र अर्यालले सर्वोच्च अदालतमा वैशाख १२ गते बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्राउ गर्नुको कारण माग गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

प्रकाशित मिति: : 2020-04-28 17:59:00

प्रतिकृया दिनुहोस्