भारतमा बच्चालाई जन्मदिएको ५ घण्टामा कोरोनाका कारण महिलाको निधन

भारतको राजस्थान प्रदेशको जयपुरमा एक महिलाले बच्चालाई जन्म दिएको ५ घण्टाभित्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको छ। 

आइतबार जयपुरको नीजि अस्पतालमा महिलाको निधन भएको बताइएको छ। बच्चालाई जन्म दिएपछि एक्कासी निधन भएकी महिलाको रिपोर्ट चेकजाँच गर्दा कोरोनाको भाइरस देखा परेको थियो। अहिले दुई दिनकी बालिकालाई परिवारसँगै क्वारेन्टाइनमा राखिएको छ। 

सोमबार श्रीमतीको अन्तिम संस्कार गरेर फर्किएका श्रीमानले आफ्नो नवजात शिशुलाई दुध ल्याएर पिलाउनु परेको थियो। 

श्रीमानको नाम सफिक हो भने उनले भारतीय मिडियालाई बताएका छन्, ‘डाक्टरले अप्रिलको चौथो साता रमजानको बेला सन्तान हुने जानकारी दिएका थिए। मेरो श्रीमती राणोलाई २५ अप्रिल राति पेट दुख्न थालेपछि अस्पताल ल्याएको थिए,’ उनले भने। 

उनले जन्मिएको शिशु परिवारको पहिलो सदस्य भएको बताए। त्यसैले उनले सरकारीको सट्टा प्राइभेट अस्पतालमा श्रीमतीलाई लिएर आएका थिए। 
 

प्रकाशित मिति: : 2020-04-28 14:51:21

प्रतिकृया दिनुहोस्