बच्चाको झै–झगडालाई लिएर कुटाकुटा हुँदा सर्लाहीमा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा–८ वसन्तपुरका ३५ वर्षीया सैदुन खातुन रहेकी छन्। सोही ठाँउ बस्ने खोधदी अन्सरीसहित उनको परिवारले खातुनलाई कुटपिट गर्दा खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
कुटपिटबाट गम्भीर घाइते खातुनको उपचारका लागि जानकी अस्पताल जनकपुरमा लैजाँदै गर्दा ज्यान गएको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।
कुटपिटमा संलग्नमध्ये पाँच जनालाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान भइरहेको बताउदैं उनले भने, 'मृतक खातुनको शव अहिले प्रादेशिक अस्पताल जनकपुर शवगृहमा राखिएको छ।'