विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३० लाख नाघ्याे, आठ लाख बढी निको भएर घर फर्किए

बिएल संवाददाता

काठमाडाै‌ं

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ।

जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रकाअनुसार अहिलेसम्म विश्वभर संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ।

यस्तै विश्वभर मृत्यु हुनेको संख्या दुई लाख १० हजार ८०४ पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा सोमबार कम्तिमा १२ सयजनाको मृत्यु भएसँगै कुल ज्यान गुमाउनेको संख्या ५६ हजार १४४ पुगेको छ। यस्तै अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ। 

इटाली र स्पेन दुवैमा कम्तिमा ३३० जनाको सोमबार मृत्यु भयो। इटालीमा अलिहेसम्मबाट ज्यान गुमाउनेको संख्या २६ हजार ९७७ तथा स्पेनमा २३ हजार ५२१ रहेको छ। 

स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

यस्तै फ्रान्समा ज्यान गुमाउनेको संख्या २३ हजार २९३ पुगेको छ भने बेलायतमा ज्यान गुमाउनेको संख्या २१ हजार नाघेको छ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्। निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन्। त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन्।
 

प्रकाशित मिति: : 2020-04-28 06:34:13

प्रतिकृया दिनुहोस्