डिभिजन वन कार्यालय दाङले जंगली रतुवाको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । दाङको शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाबाट रतुवाको मासुसहित पाँच जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा शान्तिनगर गाँउपालिका वडा नं. २ अम्मुवाका राम बहादुर नेपाली, कल बहादुर भण्डारी, दिल बहादुर दमाई, तुलसीराम वली, ओपेन्द्र बहादुर भण्डारी रहेका छन्।
विला लगाइएको रतुवाको मासुसहित उनीहरुलाई आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत धरणीधर चौधरीले जानकारी दिए।
बरामद गरिएको मासु र पक्राउ परेका व्यक्तिको बारेमा अनुसन्धान भैरहेको छ।