सोमबार कोरोना भाइरसको नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हालसम्म नेपालमा ५२ जना संक्रमित फेला परेका छन् भने १६ जना निको भएर फर्किसकेका छन्। उपचररतको स्वास्थ्य अवस्था पनि सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
यता, क्वारेन्टाइन २० हजार १९५ रहेका छन् र आइसोलेसनमा रहेकाको संख्या १०६ रहको छ। रेडजोनमा रहेका सम्भावित संक्रमितको संख्या ८ जना थप गरी ३०४ पुगेको छ।
हालसम्म नेपालमा ५३ हजार ५३४ जनाको परीक्षण भइसकेको छ जसमा पीसीआर प्रविधिबाट १० हजार ४७१ र आरडीटीबाट ४३ हजार ०६२ जनाको परीक्षण गरिउको छ।
पछिल्लो २४ घण्टामा २ हजार १८४ जनाको परीक्षण गरिएको डा. देवकोटाले बताए। हाल देशका १६ स्थानमा परीक्षण भइरहेको छ।
प्रदेश १ सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको उपचारको लागि १ सय बेड सञ्चालनमा ल्याएको छ।
त्यस्तै, पीसीआर ल्याब सञ्चालनका लागि मन्त्रालयले निर्देशिका जारी जारी गरेको छ। जसले निजी संस्थाहरुलाई पनि यसको परीक्षणका लागि ल्याब सञ्चालनको बाटो खुलेको छ। यद्यपि, यसका लागि उनीहरुले मन्त्रालयसँग अनुमति लिनुपर्नेछ।