दुई किताब: महिलाका व्यथा

‘कारा’ र ‘दुुलारी’ दुई किताब पढेपछि मैले नेपाली महिलाको अवस्था, मुसहर समुदायमा गएर आफैले देखेका घटनाहरु सम्झे. दुबै किताब ‘उपन्यास’ भनिएको छ तर घटना सबै र पात्र अहिलेको पनि छन्। यी दुबै किताबमा साहित्यको दृष्टिकोणले उत्तम छन् कि छैनन् भनेर समालोचना गर्न म सक्दिन तर समाजशास्त्रको दृष्टिकोणले यी दुबै किताबले महत्व बोकेका छन् भन्न सक्छुु।

यी दुबै किताबमा नेपाली समाजको केही कुरुप पक्ष झल्किन्छन्। महिलालाई गरिने विभेद, अछुतलाई गरिने अपमान, गरिबले भोको पेट सुत्नुपर्ने व्यथा आदि पढ्दा काठमाडाैंमा बस्ने मान्छेलाई, ‘यस्तो पनि हुन्छ र? नेपालमा खानै नपाउने अवस्थाका मान्छेहरु पनि छन् र? अछुुतहरुलाई के साँच्ची नै यसरी अपहेलना गरिन्छ र? जेल भित्रका नाइकेहरु के प्रहरीसँग मिलेर बदमासी गर्छन् र? नयाँ आउने बन्दिलाई के ‘कारा’मा भने जस्तै गरिन्छ र? के जेलभित्र पनि यौन शोषण हुन्छ र भन्ने लाग्छ’ होला । तर लेखकहरुको अनुभवमा आधारित यी दुबै किताब भएकोले घटनाहरु धेरै नै सत्यका नजिक छन्। म आफू जेलभित्र बसेकी त छैन तर ३० वर्षअघि नेपालमा गर्भपतनको अधिकार हुनुपर्छ भन्ने आवाज उठाउने सिलसिलामा नेपालमा जेलभित्र रहेका महिलाको अध्ययन गरेकी थिएँ।

त्यो बेलामा कति महिलाहरु बलात्कृत भएर गर्भ तुहाउने गर्दा प्रहरीले समातेर जेल हाल्थ्यो। जेलमा जाँदा ती मुद्दा चलाइएका महिला भेट भए। मानसिक सन्तुुलन गुुमाएकी एक महिला झण्डै नांगै भएर एक्लै बसेर भूत भूताएकी देखेको थिएँ। २०४६ सालको आन्दोलनपछि मात्र मानसिक बिरामीलाई जेलमा राख्ने होइन कि उपचार हुनुपर्छ भन्ने नीति आयो। ‘कारा’मा पनि मानसिक रुपमै बिरामी महिलाको घटना छ, जसलाई जेलकी नाइकेले कठोर सजाय दिन एक छिंडीमा राख्छिन्। त्यस छिंडीमा शौचालय नभएको र कोठामै दिशा पिसाप गर्नपर्ने दशा देखाइएको छ। नाइकेहरु कठोर नै हुन्छन्। जेलमा उनीहरुको साम्राज्य चल्छ। प्रहरीलाई हातमा लिएर उनीहरु जे पनि गर्न सक्छन् भन्ने ‘कारा’मा स्पष्ट देखिन्छ। वास्तवमा अहिले पनि कारागारभित्र एउटा आफ्नो छुुट्टै संसार छ। 

प्राय: यस्तो घटनाको बारेमा कहीँ बोलिन्न लेखिन्न। जब जेलभित्र मारपिट भएर बन्दिहरु घाइते हुन्छन्, त्यस्तो बेलामा छस्याक छुसुक घटना बाहिर आउँछन्। ‘कारा’मा हिरा आफ्नो लोग्नेलाई मारेर जेलमा परेकी छिन्। उनको छोरा पनि सँगै जेलमा छ। हिराको कथा व्यथा पढेपछि मलाई लागेको थियो वास्तवमा ‘न्याय’ त हिरालाई स्वतन्त्र छोडेर पो हुने थियो। १७ वर्षकी हिराको आफूूभन्दा धेरै जेठो लोग्ने छ। आफ्नो छोरीभन्दा पनि सानो उमेर कि हिरालाई लाहुरेले छोरा पाउन विवाह गर्छ। हिरा खुशी छैनन्। तर लोग्ने धनी भएर पेटभरि खान पाएकी छिन्। हिराको पहिलो सन्तान छोरी भएपछि हिराको लोग्ने रिसाएर हिरालाई पिट्छ। पछि छोरा पाएपछि,“त्यो छोरा मेरो होइन” भनेर लाहुरे कराउँछ। एकदिन रक्सी खाएर खुकुरी नचाएर हिरालाई र उनको छोरालाई मार्न खाेज्छ।

छोरालाई मार्न थालेपछि हिराले लोग्नेबाट खुकुरी खोस्छिन् र लोग्ने माथि नै जाइ लाग्छिन्। लोग्नेको मृत्यु हुन्छ। हिरा प्रहरीमा आफैँ “मैले लोग्ने मारेको” भन्न जान्छिन्। जेल जान्छिन् हिरा। तर हिरालाई त लोग्नेले अन्याय गरेको थियो भनेर कसैले विचार गर्दैनन्। प्राकृतिक न्याय अनुसार आफ्नो र आफ्नो छोराको रक्षा गर्ने अधिकार हिराको थिएन र? उनको कथा पढेपछि मलाई एउटा अग्रेंजी फिल्म ‘प्रोभोक्ड’ याद आयो। फिल्ममा अमेरिकामा बसेका एक जोडी भारतीय दम्पतीको कथा छ। लोग्ने श्रीमतीलाई अपमानित गर्ने, पिट्ने सामान्य घटना मानिन्छ । त्यो परिवारमा श्रीमती गृहिणी हुन्छिन्। उनी अपमान सहेर नै बस्छिन्। तर एकदिन रक्सि खाएर श्रीमानले पिट्न थालेपछि उनले श्रीमानलाई धकेल्छिन्। अचानक टाउकोमा चोट लागेर लोग्नेको मृत्यु भएपछि श्रीमति जेलमा पर्छिन्। केही अधिकारकर्मीले उनलाई लोग्नेबाट आफ्नो ज्यान बचाउने सिलसिलामा नै लोग्ने मरेको हो भनेर वकालत गर्छन्। आमसंचारमा पनि त्यो घटना आउँछ। निकै लामो अदालती कारवाहीपछि ती महिला छुटछिन्। 

उनले न्याय पाउँछिन् । ऐश्वर्य बच्चनले खेलेको त्यो फिल्म निकै राम्रो छ। ‘कारा’ कि हिराजस्तै नेपाली जेलमा बसिरहेका थुप्रै महिलाहरु होलान, जसले आफ्नो रक्षा गर्दा पनि जेल जानुपर्छ। जव अदालतले त्यसको कारण खोतलेर पीडितलाई न्याय दिलाउने जमर्को गर्दैन। न्यायको नाममा अन्याय नै भइरहन्छ। यस्ता अन्यायमा बसेका महिलाहरुको कथा हो ‘कारा’। 

‘दुलारी’ मा चाहिँ समाजमा कति अन्याय छ भन्ने कुरा देखिन्छ । मुसहरकी छोरी दुलारी पेट भरि भात खाने इच्छा मार्नुपर्छ । उसका आमाबुबा दुबै चरम गरीबीमा बाँचेका छन् । तराईतिरका दलित समुदायमा गएर कसैले हेर्‍यो भने थाहा पाउँछ ‘दुलारी’ सत्य घटना हो । यो पढेपछि मलाई लाग्यो यो उपन्यास होइन, कसैले सिराहा वा सर्लाहीको दलित बस्तीमा गएर गरेको ‘टिपोट’ हो । किनभने सिराहाको बस्तिपुरमा जाँदा खेरी मैले देखेकी थिएँ । कसरी दलित मुसहर, पासवान, डोम अति निम्न कोटीका जीवन बिताउँछन् । सिराहको विद्यालयमा ५ कक्षामा पढ्ने डोम पनि भेट्न सकिएको थिएन, आज भन्दा दश वर्ष अघि । डोमलाई र मुसहरलाई दश कक्षासम्म त पढनुपर्छ भन्दा त्यहाँको समुदायले भनेका थिए “के गर्नु हाम्रा सन्तानलाई पढाएर छोरीहरु विवाह गर्नुपर्छ ।  खेतमा गएर मजदुरी गर्नुपर्छ ।” 

दुलारीले यही सत्यलाई कथामा देखाएको छ । दुलारी स्कुल पढ्न जान सक्दिनन् । उसको भाइ पनि मालिककहाँ काम गर्न जाने हुनाले स्कुल जान पाउँदैन । ‘मुसा’ खोजेर खाँदा घरमा दशैँ नै आएको भनेर दुलारी दंग पर्छिन् । कस्तो दुर्दशा छ ।

एकदिन उनका मामाले स्कुलमा भर्ना गर्न लैजान्छन् । ४ कक्षामा पढ्नुुपर्ने दुलारी क ख पनि चिन्दिनन् । उनलाई दुई कक्षामा भर्ना त गरिन्छ । तर केही नबुझ्ने उनीसँग स्कुलमा जाने लुगा पनि हुँदैन । फोटेको  गन्जी लगाएर स्कुल जाँदा साथीहरुले जिस्काउँछन् । गन्जीको फिता समाती बल लगाएर गन्जी च्यात्छन् । 

दुलारी रुन्छिन् “त्यो पुुरानो गन्जी पाएर म कति रमाएकी थिएँ । मेरो लाज छोप्ने गन्जी । नयाँ गन्जी नभए पनि पुुरानो गन्जी त छ भनेर घमण्ड गर्न पाएकी थिएँ ।” गन्जीको बारेमा सोच्दा मेरो मुुटुु फुुटेर आयो । आँखाबाट आँशुुको भेल बग्न लाग्यो । पुुरानो, च्यातिएको लुुगा लगाएर स्कूूलमा आउँदा साथीहरुले जिस्काउँछन् नै तर यहाँ दुलारीको उनको एउटै मात्र त पुुरानो गन्जीले उनको लाज पनि छोपेको थियो, त्यो नै च्यातिदिँदा उनी रोइन् । कस्तो विवशता १११ स्कूूल जाने लुुगा हुनुु त परै जाओस्, मालिकले दिएको पुुरानो, प्वाल गरेको गन्जीसमेत च्यातियो दुलारीको । दुलारीको च्यातिएको गन्जी, फरक ९फ्रक० आदिको वर्णन ठाउँ ठाउँमा छ । पढ्दा मन दुख्छ । दुलारीको स्कूूल त नाम मात्रको छ । उनलाई पढ्न आउँदैन । घरमा कसैले वास्ता गर्दैन । दलित बस्तीका स्कूूलमा शिक्षकले वास्ता गर्ने त कुुरै भएन ।

दुुलारी पढेपछि मैले दलित बस्तीमा जाँदाको घटना सम्झिए । 

‘यहाँ कतै चर्पी छ रु’ भनेर प्रश्न गर्दा ‘मुुसहर बस्ती कतै पनि चर्पी छैन’ भनेर सबैले एकै स्वरमा भनेका थिए । ‘अनि नित्यकर्म गर्न कहाँ जाने त रु’ प्रश्नमा एउटै उत्तर आयो, ‘ऊ पर खेतमा । हामी राति मात्र जान्छौं । दिउँसोभरि दिसा बस्न जाँदैनौं,’ केही महिलाहरुले मुुख छोपेर आधा मुुस्कानका साथ भनेका थिए । दुलारीको पनि शौचालय छैन ।

दुुलारीको साथीको बालविवाह भएको कुुरा पढ्दा मलाई याद आयो ।

‘तपाईहरुकोमा बालविवाह हुन्छ आजकाल रु’ सिन्दुर लगाएकी साडीले मुुख छोपेर बसेकी गर्भवती किशोरीलाई देखेर मैले सोधेकी थिएँ । ‘आजकल त हामीहरुकहाँ बालविवाह हुँदैन,’ उनले उत्तर दिएकी थिइन । थाहा भयो भने १३ वर्षदेखि १६ वर्षसम्म भएको विवाहलाई यहाँ बालविवाह नै मानिदों रहेनछ । १५ वर्षकी किशोरी ६ महिनाकी गर्भवती थिइन् । उनका श्रीमान १८ वर्षका रहेछन् । दुवैजना कहिल्यै स्कूूल गएका थिएनन् र जानुुपर्छ भन्ने भावना पनि भएको देखिएन । सर्लाही, सप्तरी, सिरहा र तराईका दलित मुुसहर बस्तीको कहानी हो ‘दुलारी’ ।

मुुसहर बस्तीमा यी कुरा सुुनिरहँदा, ‘दुलारी’ पढ्दा मलाई मधेसका नेताहरुको ठूूलो ठूूलो भाषण याद आउँछ । “मधेस हेपिएको छ ।” “मधेसको विकास भएको छैन ।” “स्वायत्त शासन चाहिन्छ ।” “हामी विभेदमा परेका छौं ।” यसरी कुुर्लने मधेसी नेताहरुले तराईमा मुुसहरहरुमाथि भएको विभेदका बारेमा, मुुसहरहरुको बस्तीमा नबनेका चर्पी र स्कूूल चाहिन्छ भनेर नेताले बोलेको कहिल्यै सुुनिएको छैन ।

तराईका दलित बस्तीहरुमा पहिलेदेखि नै कसैले ध्यान नदिएको हुनाले, जातको नाममा अपमानित हुनाले, सम्पत्ति, जग्गा केही नहुनाले दलितहरुको आत्मविश्वास छैन । उनीहरु जमिन्दारको घरमा काम गर्न जाने, पिटाई खाने, अपमानित हुने र बलात्कृत हुने त यति सामान्य छ कि यसको बारेमा कसैले प्रश्न नै उठाउँदैनन् । “दलित आन्दोलनले कहिले काहीँ टाउको उठाउँछ । तर प्रहरी, कानुुन, समाजका अग्रज कोही पनि दलितहरु अरुको जतिकै पढुुन्, काम गरुन्, पेटभरी खान पाउन भन्ने चाहदैनन्” भन्ने तथ्य दुलारीमा उजागर भएको छ । तराईका दलित बस्तीमा जाँदा पनि मैले बालबालिका स्कूूल गएको देखिन । आमाबुुवाले प्रायः रक्सी खानुु, गाली गलौज गर्नुु सामान्य छ । दलितहरुको बीचमा नै भेदभाव हुन्छ । मुुसहर डोमले छोएको खाँदैनन् । त्यसैगरी चमार पनि दलित भित्रका दलित मानिन्छन् । तराईतिरका उच्च जातका मानिनेहरु आफ्ना सेवकलाई गाली गर्नुुपरे “डोम चमारजस्तै बुुद्धि” भन्छन् ।

केही वर्ष अघि डोम चमारले ‘सिनो फ्याँल्दैन’ भनेर आन्दोलन गर्दा ठूूला जातकाहरुको ‘सातो’ नै गएको थियो । उनीहरुले “अछुुत” हरुलाई ‘अब त हामीसँग बराबरी गर्ने’ भनेर दबाउन खोजेका थिए । तर धन्य यो आन्दोलनले दबाउन सकिएन । तर त्यो आन्दोलनले दलितको जीवनमा केही अन्तर ल्याएपनि अझै दलित समाजबाट अपहेलित नै छन् । उनीहरुको स्वास्थ, शिक्षा लगायतका सामाजिक विकासमा तराईका अग्रजको ध्यान पुुगेकै छैन । त्यसैले दलितहरुले आफ्ना सन्तानको बालविवाह गर्दा ठूूला जातिहरु उनीहरुको निमन्त्रणामा सामिल भइ टोपल्छन् । अर्थात बालविवाहका अपराधमा सामिल हुन्छन् । बालिका बधुु र बालक बरलाई आर्शिवाद पनि दिन्छन् । 

‘कारा’ र ‘दुलारी’ दुबैले नेपाली महिलाको जीवनको त्रासदी देखाएका छन् भने राजनीतिक घटना पनि छन् । ‘कारा’मा लेखक नै राजनीतिमा लागेर जेल परेकी छिन् । ‘दुलारी’मा माओवादी जनयुुद्धको कारणले गर्दा मुसहरको जीवनको दुस्खमा रहेको देखाइएको छ ।

‘दुलारी’मा दुलारीले कहिले काहीँ लामा(लामा दर्शनका कुुरा बोल्दा अलि अमिल्दो लाग्छन् । किताबको आधा भाग जति सहजतापूूर्वक बग्छ, दोस्रो भाग त्यति सलल बग्दैन ।

तर दुबै किताबले नेपाली समाजको त्रासदी देखाउँछन् । एउटाले जेलभित्र, अर्को जेल बाहिर । पीडित चाहिँ महिला नै छन् । जुन हाम्रो सामाजिक यर्थाथता हो ।

दुुबै किताब पढेपछि मन भारी भइरह्यो । ८ मार्च ९नारीको दिवस० ढोकामा छ, तर नेपाली नारी कहाँ छिन् भन्ने प्रश्न गराउँछन् दुुबै किताबले ।
 

प्रकाशित मिति: : 2020-05-02 15:37:00

प्रतिकृया दिनुहोस्