कोभिड –१९ संक्रमण नियन्त्रणका लागि बर्दियाका युवा व्यवसायीले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
बर्दिया मधुवन नगरपालिका वडा नम्बर ४ ढोढरी निवासी सुरेश पन्थले स्वास्थ्य सामग्री प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेलाई हस्तान्तरण गरेका हुन्।
उनले लकडाउन समयमा पनि तीन पटक गरी कोरोना संक्रमण नियन्त्रणका लागि प्रयोगमा आउने स्वास्थ्य सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए।
'उहाँले एटोमेटिक सेनिटाइजर मेशिन, पिपिई, फिभर गन तथा थर्माेमिटर मेशिन, ७५ हजार मासक, ७५ हजार पञ्जा, सेनिटाइजरलगायत स्वास्थ्य सामग्रीमा उपलब्ध गराउनुभएको छ' उनले भने।
बर्दिया जिल्ला प्रशासन कार्यालयमार्फत जिल्लाका आठै स्थानीय तह, स्वास्थ्य संस्था, क्वारेन्टाइन र सुरक्षा निकायलाई ती सामग्री वितरण गरिएको उनले बताए।