लकडाउनले निरन्तरता पाउँदै

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले ११ चैतयता निरन्तर जारी राखेको लकडाउन वैशाख १५ गते सोमबार रातिदेखि सकिँदै छ। तर, मन्त्रिपरिषद्को शुक्रबारको बैठकले थप गर्ने कि नगर्ने विषयमा भने कुनै निर्णय लिएन।

मन्त्रिपरिषद्ले यसकाे जिम्मा उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिलाई दिएकाे छ। जिम्मा पाएसँगै समितिकाे बैठक बिहान ११ बजे बैठक बस्ने तय भएको छ।

समितिकाे आजकाे बैठकले लकडाउन फेरि थप्ने संकेत देखाएकाे छ। स्राेतका अनुसार समितिले एक साता फेरि लकडाउन थप्ने गृहकार्य गरेकाे छ।

‘विदेशमा रहेका नेपालीका विषयमा पनि सम्बन्धित देशका सरकार प्रमुखहरूसँग प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले मैले कुराकानी गरिरहनु भएकाे छ’, एक मन्त्रीले बिएल नेपाली सेवासँग भने, ‘यता (नेपाल) को लकडाउनका विषयमा पनि उच्चस्तरीय समन्वय समितिले छिमेकी देशको अवस्था, अन्य सबै पक्षको अध्ययन विश्लेषण गरेर तयारी गर्नुहोला भनेर निर्देशन दिनुभएकाे छ। अब आजकाे बैठकले यसकाे निर्णय गर्ला।’

स्राेतकै कुरा मान्ने हाे भने भारतकाे अवस्थालाई हेरर वैशाख २३ गतेसम्मकाे लागि लकडाउन फेरि थपिने देखिन्छ। तर नेपालकाे कतिपय स्थानमा काेराेना भाइरस संक्रमित नै फेला नपरेकाे कारण सरकार केही लचिलाे हुने संकेत देखिन्छ। यस्तै संकेत देखिएकाे छ काठमाडाैंमा।

प्रधानमन्त्री ओलीले काठमाडाै‌ंमा लकडाउन खुकुलाे पार्ने संकेत देखाएका छन्। शुक्रबार एक ट्विट गर्दै उनले हाललाई काठमाडौंं उपत्यका कोरोना बिरामी मुक्त भएको भन्दै खुशी मनाएका थिए।

कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएर बिहीबार घर फर्किएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएको छ।

नेपालमा झापाका एक पुरुषमा शुक्रबार कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितकाे संख्या ४९ पुगेको छ भने ११ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति: : 2020-04-25 08:22:11

प्रतिकृया दिनुहोस्