कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार भन्दा धेरै पुगेको छ।
अहिलेसम्म १ लाख ९० हजार ४ सय २२ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाउनु परेको छ।
सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ अहिलेसम्म ४९ हजार ७ सय ६९ मानिसको संक्रमणबाट मृत्यु भएको छ भने ८ लाख ७९ हजार भन्दा धेरैमा संक्रमण फैलिएको छ।
अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै झण्डै ३० हजार संक्रमित थपिएका छन्।
कोरोना भाइरसका कारण इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ मानिसको मृत्यु भएको छ।
विश्वभरका संक्रमित २७ लाख १५ हजार ६ सय १४ मध्ये ७ लाख ४५ हजार मानिसहरु उपचारपछि निको भएका छन्।
झण्डै १८ लाख मानिसको उपचार भइरहेकोमा उनीहरु मध्ये ५८ हजार ६ सय ७८ जना गम्भीर रहेका छन्।