आजदेखि ६० दिनसम्म अमेरिकी भिसा र ग्रीनकार्ड बन्द, नेपाली पनि प्रभावित

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

आज बिहीबार, अप्रिल २३, २०२०। आजैदेखि ६० दिनसम्म अमेरिका प्रवेश गर्ने नयाँ आप्रवासन भिसा जारी नहुने भएको छ भने नयाँ ग्रीनकार्डको सम्पूर्ण प्रक्रिया पनि स्थगित भएको छ। 

अमेरिकी राष्ट्रपति ट्रम्पले जारी गरेको पछिल्लो कार्यकारी आदेशको सार यही हो। यो आदेशबाट अमेरिका आउन आप्रवासन भिसा लिन चाहने र नयाँ ग्रीनकार्ड प्रक्रियामा रहेका नेपालीलाई ठूलो असर परेको छ।

कोभिड-१९ महामारीका कारण अहिले अमेरिकामा संकटकाल लागु छ। यसैको प्रभावस्वरूप अहिले काठमाडोैस्थित नेपाली दूताबासको कन्सुलर सेवा पनि बन्द छ। 

कन्सुलर सेवा बन्द भएकाले सबै खाले भिसाका लागि अन्तर्वार्ता स्थगित गरिएको छ। अब यो क्रम जुन २३ सम्म जारी हुनेछ। त्यसपछि पनि के हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन। 

यही क्रम जारी रह्यो भने धेरै नेपालीको अमेरिका भ्रमणको सपना चकनाचुर हुने निश्चित छ। 

प्रकाशित मिति: : 2020-04-24 03:23:47

प्रतिकृया दिनुहोस्