महेश बस्नेतको आरोप– यादवको अपहरण भनेर डा‍‍. बाबुराम भट्टराईले ‘फण्डा’ गरे 

नेकपा केन्द्रीय सदस्य एवम् भक्तपुरका सांसद् महेश बस्नेतले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘फण्डा’ गरेको आरोप लगाएका छन्। 

महोत्तरी–४ बाट निर्वाचित समाजवादी पार्टीका सांसद् पार्टी फुटाउने प्रयोजनका लागि सांसद्द्वय महेश बस्नेत, कृष्णबहादुर श्रेष्ठ ‘किसान’ र पूर्व आईजीपी सवेन्द्र खनालले अपहरण गरी काठमाडौं ल्याएको आरोप डा. भट्राईले लगाएका छन् ।

नेकपाका नेता बस्नेतले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘डा. बाबुराम भट्टराईको समूहले नेकपालाई बदनाम बनाउन  नयाँ प्रोपोगण्डा र फण्डा गरेका छन् ।’ 

उनले आफूहरू सांसद् एवम् मित्र डा. सुरेन्द्र यादवकहाँ बुधबार बिहानै गएको र दिनभरि सँगै बसेर बेलुका फर्केको बताए । ‘समाजवादी फोरमका नेता डाक्टर सुरेन्द्र यादवले भेट्न इच्छा गरेको कुरा सुनेपछि सबेन्द्रजीलाई लिएर हामी उहाँकोमा जनकपुर गएका थियौं’, उनले भने, ‘बेलुका यादवका पिएसओसँगै एउटै गाडीमा (भूपू) आईजीपी, म र  किसानजी डा. यादवसँगै काठमाडौं आएका हौँ ।’  

महेश बस्नेतका अनुसार, हिजोको बिहान ६ बजे नै अलपत्र परेका यात्रुलाई उद्धारको क्रममा उनी भक्तपुरको जगाते पुगेका थिए । त्यहीँ पूर्व आईजीपी सवेन्द्र खनालसँग उनको भेट भयो । 
बस्नेत त्यहीँ खबर आयो, ‘समाजवादी फोरमका नेता डा. सुरेन्द्र यादवले भेट्न इच्छा गरेका छन् । उनी जनकपुरमा छन् । मैले सर्वेन्द्रजीलाई पनि लिएर  उहाँकोमा गएका थियौँ ।’

बस्नेतका अनुसार, पूर्वआईजी खनालले आफ्नै गाडी लगे । बस्नेत र अर्का सांसद् किसान चाहिँ बस्नेतको गाडीमा चढे ।  

महोत्तरीस्थित  यादवकोे घरमा पुग्दा त्यस्तै बिहान १० बज्यो । उनीहरू दिउँसो २ बजेसम्म कुराकानी गरेर बसे । खाना पनि सँगै खाए । डाक्टर यादवले साथीका नाताले खाना खानकै लागि निम्ता गरेको बताए ।
खाना खाएपछि उनीहरु सँग बर्दिबास आए । त्यहीँ डा. यादवले आफ्ना मामा, भाञ्जा, भिनाजूसँग पनि भेट गरे । करिब २ बजेतिर धनुषाका सांसद्लाइै भेटेर आउँछु भनेर जनकपुर गए । पूर्वआईजीपी खनाल, सांसदद्वय बस्नेत र श्रेष्ठमै बर्दिवासमा डाक्टर यादवलाई पर्खेर बसेको उनले बताए ।  

बस्नेतका अनुसार, त्यसपछि डाक्टर यादवका पिएसओसँगै एउटै गाडीमा पूर्व आईजीपी खनाल, सांसद्हरु बस्नेत, श्रेष्ठ र डा. यादवसँगै काठमाडौं आए ।

बस्नेतले  डा यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको कामले आफू प्रभावित भएकोले उहाँसँग कुराकानी गर्ने इच्छा भएको बताएको जानकारी दिए । ‘म प्रधानमन्त्रीको कामसँग निकै प्रभावित भएको छु । मेरा कुरा पु¥याइदिनको लागि भेट्न बोलाएको हुँ भन्नुभएको थियो’, उनले भने, ‘हामीले कुराकानी गर्ने वातावरण मिलाइदिन्छौं भनेका थियौं।’ 

महेश बस्नेतले बिहान साढे ३ बजे काठमाडौंको म्यारिएट होटलमा आइपुगेको बताए । उनले भने, ‘यादवजीलाई प्रधानमन्त्रीको समय बिहान ९ बजेतिर मिलाइदिन्छौँ भनेर हामी होटलबाट बाहिरियौँ ।’ 

बस्नेतले आफूले सुनेको कुरा बताए, पछि संघीय समाजबादीका असन्तुष्ट ७÷८ जना नेताले यादवलाई लिनआएको समयमा आङ्काजी शेर्पाको टिमले लगेछ । बस्नेतले यादवले आफूलाई अशोक राई र आङकाजी शेर्पाले अपहरण शैलीमा लगेको बताएको जानकारी दिए ।

प्रकाशित मिति: : 2020-04-23 16:35:42

प्रतिकृया दिनुहोस्