पूर्वसचिव उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न कांग्रेसको माग

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसचिव भीम उपाध्यायलाई विनासर्त तत्काल रिहा गर्न माग गरेको छ । सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा उपाध्याय बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको घरबाटै पक्राउ परेका थिए ।

छाँँया सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका संयोजक बहादुरसिंह लामाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी उपाध्यायलाई पक्रनु संविधानको मर्म र भावना विपरित रहेको भन्दै उनलाई तत्काल विनासर्त रिहा गर्न सरकारसँग माग गरेका हुन् ।

संविधानले प्रत्येक नेपाली नागरिकलाई आफ्नो विचार राख्ने नैसर्गिक अधिकार दिएको भन्दै कांग्रेसले विज्ञप्तिमार्फत सरकारको उक्त कदमप्रति आपत्ति समेत जनाएको छ ।

याे पनि

पूर्वसचिव भीम उपाध्याय पक्राउ

प्रकाशित मिति: : 2020-04-23 16:17:52

प्रतिकृया दिनुहोस्