उद्योग वाणिज्य संघका अध्यक्षले नै मूल्य बढाएपछि अन्य व्यापारी असन्तुष्ट (भिडियाे)

विश्वव्यापी महामारी कोरोना भाइरसका कारण देशमा त्राहीमाम छ। सरकारले यसबाट जाेगिन पटक पटक ‘लकडाउन’ काे समय थप गरिसकेकाे छ। ‘लकडाउन’ भएकै एक महिना बितिसकेकाे छ। यसले मानिसहरुकाे दैनिकी नै फेरिएकाे छ। बजारमा सामानकाे अभावले गृहणीलाई मात्र हाेइन, दैनिक ज्यालादारी गरेर खाने मान्छेकाे पैसाकाे अभावमा विस्तारै जीवन नर्क बन्दै गइरहेकाे छ। 

यस्ताे अवस्थामा पनि कसैलाई फाइदाकाे आइडिया फुरेकाे छ। बजारमा बस्तुकाे अभाव भएपछि जुम्ला बजारमा यति बेला केही व्यापारी बढी मूल्यमा सामान बेचेर मुनाफा कमाउने धन्दामा लागेका छन्। जुम्लाकाे बजार मूलत बाहिरी उत्पादनले धानेकाे छ। 

‘लकडाउन’ का कारण हिजाेआज यहाँ सामानहरु सहज रुपमा उपलब्ध हुन छाेडेका छन्। यसैबीच जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहारले सामानको मूल्य बढाएर बेचेको पाइएको छ। उनले तेल प्रति काटुन एक सय देखि एक सय बीस रुपैयाँ बढी मोलमा बेचिरहेको उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले आरोप लगाएका छन्। 

‘केही दिन अगाडी अध्यक्ष ज्यूले जुम्ला बजारमा झारेको तेल महंगोमा बचेको पायौं,’ उद्योग वाणिज्य संघका एक पदाधिकारीले नाम नबताउने सर्तमा बिएल नेपाली सेवासँग भने, ‘एक काटुन तेलमा एक सयदेखि एक सय बीस रुपैयाँसम्म बढी मोलमा बिक्री गरेपछि झण्डै दुई लाख बढी अतिरिक्त नाफा हुन्छ। आपतमा यसरी मूल्य बढाउनु र नाफा खानु मानवता विरोधी कदम हो।’

अध्यक्ष मनिहारले पासको दुरुपयोग गर्दै आफ्नो गाडीमा चुरोट लगायतका समान पनि जिल्लाभर सप्लाई गरिरहेको व्यापारीहरुको आरोप छ। 

‘अध्यक्षको गाडीको समान विभिन्न ठाउँमा झारेर महंगोमा बेचेको सुन्यौं। तर बील नभएसम्म कुरा के हो भनेर यकिन गर्न सकिनेस्थिति हुन्न। यो विषयमा उद्यो वाणिज्य संघमा छलफल पनि भएको हो। उहाँको गाडी पनि खुद्रा बिक्रीको लागि गइरहेको थियो। विवाद आउन थालेपछि पास नदिइ रोेकेका छौं,’ उपाध्यक्ष दिलबहादुर रोकायले भने। 

यद्यपी जुम्लामा हालसम्म सामानको मूल्य वृद्धि नभएको उद्योग वाणिज्य संघले जनाएको छ। केही व्यापारीले भने संकटको बेला नाफा नखाने भनी तोकिएको मूल्यभन्दा सस्तोमा सामान बेचिरहेका छन्। त्यसैमध्येका एक हुन, थानेश्वर पोखरेल। उनले एक काटुन तेल र पच्चिस किलोको चामको बोरामा पचास रुपैयाँ छुट दिएर बेचिरहेका छन्।

यस विषयमा बिएल नेपाली सेवाले जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहारसँग साेधपुछ गर्दा केही कुरामा असमझदारी भएकाे जानकारी दिए। उनले सबै ब्यापारी साथीसँग कुरा भएकाे र सबैकाे गाडीकाे पास बनाउने तथा बजार मूल्यलाई एकरुपता दिने सहमति भएकाे बताए। 

प्रकाशित मिति: : 2020-04-24 09:19:00

प्रतिकृया दिनुहोस्