विश्वभर फैलिएको कोरोनाको प्रकोप नेपालमा पनि क्रमशः बढ्दो छ। मुलुकभर बढेको प्रकोपसँगै कर्णाली प्रदेशको दैलेख पनि एक जोखिमपूर्ण जिल्ला भएको स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ।
दैलेखका अधिकांश युवा रोजगारीका लागि छिमेकी मुलुक भारतमा छन्। पछिल्लो समय दैलेखमा भारतमा काम गर्नेहरू घर फर्कने क्रम बढेको छ। तर गाँउपालिकाका स्वास्थ्य कार्यालमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा थप समस्या उत्पन्न भएको छ।
यही कुरालाई मध्यनजर गर्दै दैलेखी सेवा समाज काठमाडौं र मनघरी फाउण्डेशन नेपालको अगुवाईमा दैलेखमा दोस्रो चरण स्वास्थ्य सामाग्री पठाएको छ।
पहिलो चरणमा ८९ थान पीपीई सेट, २ हजार थान मास्क, १ हजार थान ग्लोब्स र १० बोतल सेनीटाईजर पठाएको थियो।
त्यसै गरी दोस्रो चरणमा ललितपुरस्थित प्रारम्भ सामाजिक संस्थाको सहयोगमा आनी छोइङ डोल्मा फाउण्डेशनको सहयोगमा दैलेखका ११ वटा स्थानीय तहका लागि दुई दुई थान पीपीई सेट, सेनीटाईजनर, ग्लोव्स र मास्क (२२ थान) पठाएकोे छ।
प्रारम्भका अध्यक्ष कल्पना छेत्री, आनी छोइङ डोल्मा फाउण्डेशनकी अध्यक्ष गायिका डोल्मा, प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रीराज तिमल्सिनाले दैलेखबाट निर्वाचित सांसद रविन्द्र राज शर्मालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
सामाग्री पाए लगतै सासद शर्माले स्वास्थ्य सामाग्री सम्बन्धीत निकायमा तत्कालेै पठाउने बताए। उनले अन्य सामाग्रीहरु पनि पठाउन लागि थप पहल गरीरहेको जानकारी दिए।
सामाग्री प्रदान गर्दै गायिका आनी छोइङ डोल्माले यस्तो अवस्थामा सहकार्यको हात मिलाउन हामी अगाडि बढेको छौ। हाम्रो सहयोग हेर्दा संख्यामा सानो होला तर सख्यामा भन्दा आत्मबल बढाउन हामी पनि तपाईँहरू सँगै छौ भन्ने सन्देश दिन खोजेको बताईन्।
मित्र राष्ट भारतमा रोजागरीको लागि हजारौको सख्यामा दैलेखबाट जाने गर्छन्। कोरानको प्रभाव भए लगतै सयौंको सख्यामा आफ्नो गाँउ फर्कीिसकेका छन्। तर स्वास्थ्य केन्द्रमा उचित सामाग्री नहुँदा समस्या भएको मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए।
आरम्भ संस्थाको उपल्ब्ध गराएको सामाग्रीले केही राहत मिल्ने दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीले बताए। ‘दैलेखका धेरैजसो स्वास्थ्य चौकीमा पीपीई सेट नहुँदा समस्या रहेको थियो। केही पहिलो चरणमा पठाएको थियौं’, उनले भने।
दैलेखी सेवा समाजका विनोद अधिकाले पहिलो चरणमा अहिले दैलेख जिल्लामा चारवटा नगरपालिका र ७ वटा गाँउपालिका लाई सात सात थान पठाएका थियो भने दोस्रो चरणमा दुई दुई थान पठाएका जानकारी दिए।
प्राकृतिक प्रकोप र महामारीका बेलामा सक्रिय प्रारम्भ सिंगापुर रेडक्रससंँग आबद्द संस्था हो ।