खागले टोकेर छ जना घाइते

गोरखाको शहीद लखन गाउँपालिका–८ बुङकोटस्थित सुनपानीमा खाग ९अजिङ्गरजस्तै किरा० ले टोकेर छ जना घाइते भएका छन् । बुधबार दिउँसो जङ्गलमा गोठाला गएका र घाँसदाउरा काट्न गएका स्थानीय दीपा घर्तीमगर, प्रतिमा अम्गाईँ र बुद्धिराम श्रेष्ठलाई शुरुमा खागले टोकेको वडाध्यक्ष काशीनाथ अम्गाईँले जानकारी दिए।

बाटोमा हिँडिरहेका बेला सोही ठाउँका इन्दिरा अम्गाईँ र उनकी तीन वर्षकी छोरीलाई पनि खागले टोकेर घाइते बनाएको उनले बताए। इन्दिराले आफूहरुलाई खागले टोकेको फोनमार्फत जानकारी गराएपछि उद्धारका लागि पुगेका उनका बाबु लोलानाथ अम्गाईँलाई पनि खागले टोकेर घाइते बनाएको वडाध्यक्ष अम्गाईँले जानकारी दिए।
 
गम्भीर घाइते चार जनाको गोरखा अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको बुङकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको उनले बताए।

पटका पड्काँउदा घाइते

गोरखाको शहीद लखन गाउँपालिका–७ स्थित गरन्जागाउँमा पटका पड्काउँदा एक युवक घाइते भएका छन् । घाइते युवकको हातको औँला चुँडिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)ओमप्रसाद अधिकारीले जानकारी दिए।

बुधबार साँझ करिब साढे ७ बजेको समयमा घरमा राखिएको पटका हातमा राखेर खेलाउने  क्रममा पड्किएर २० वर्षीय अनिल थापा घाइते भएको एसपी अधिकारीले बताए। 

प्रकाशित मिति: : 2020-04-23 09:56:09

प्रतिकृया दिनुहोस्