लकडाउन उल्लघंन हुन थालेपछि दक्षिण अफ्रिकामा ७० हजार भन्दा बढी सेना परिचालन

बिएल संवाददाता

काठमाडाै‌ं

दक्षिण अफ्रिकामा लकडाउन कार्यान्वय गराउन ७० हजार भन्दा बढी सैनिक परिचालन गरेको छ।

कोरोना भाइरसको महामारी फैलिन दिनका लागि त्याहाँ लकडाउन लागु गरिएको छ। लकडान उल्लघंनको घटना बढेपछि थप ७० हजार भन्दा बढी सेना परिचालन गर्ने घोषणा राष्ट्रपति सिरिल रामाफोसाले गरेका हुन् ।

दक्षिण अफ्रिकाले विश्वमै सबैभन्दा कडा लकडाउन लागु गरेको हो । र पनि सुरक्षाकर्मीलाई लकडाउन लागु गर्न कठिन भइरहेको छ । मार्च २७ देखि अत्यावश्यक सेवा प्रदायक, पत्रकार, खुद्रा पसलका कामदारलाई मात्रै काममा जान स्वीकृति दिने गरिएको छ ।

अहिलेसम्म दक्षिण अफ्रिकामा ३४ सय भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मिति: : 2020-04-23 08:20:01

प्रतिकृया दिनुहोस्