रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुटाएर अलग्गै दल बनाउने सात सांसद्को निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीकी उपाध्यक्ष सांसद रेणु यादवको नेतृत्वमा सात जना सांसद्ले संसदीय दल विभाजन गरी अलग्गै पार्टी बनाउने निर्णय गरेका छन्। यादवको शान्तिनगरस्थित निवासमा बैठक गरी उक्त निर्णय गरेका हुन् ।

नयाँ पार्टी बनाउने निर्णय गर्ने सांसद्हरुमा उपाध्यक्ष यादव, सांसद महम्मद इस्तियाक राई, प्रदीप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा, सुरेन्द्र यादव र रेणुका गुरुङ  छन् ।

समाजवादी पार्टी स्रोतका अनुसार असन्तुष्ट पक्षले  बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी गठन गरेको जानकारीसहित निवेदन दिने छन्। अनि सभामुखलाई पनि निवेदनको जानकारी दिने छन् । पार्टी विभाजनकै लागि महोत्तरीमा रहेका सांसद डा. सुरेन्द्र यादव सडकमार्ग हुँदै राति नै काठमाडौं आइपुगेका छन् । 

यादव जनकपुरबाट एक्कासि सम्पर्कबिहीन भएपछि समाजवादी पार्टीले उनलाई सरकारको निर्देशनमा प्रहरीले अपहरण गरेको आरोप लगाएको थियो।

प्रकाशित मिति: : 2020-04-23 06:34:50

प्रतिकृया दिनुहोस्