एसियाली मुलुक चीनबाट सुरू भएको कोरोना भाइरसको महामारीका कारण सारा विश्व यतिबेला तहसनहस बनेको छ।
विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण १ लाख ८० हजार भन्दा बढीको ज्यान गइसकेको छ। एसियामा मात्र १५ हजार मान्छेले ज्यान गुमाएका छन्। एसियामा सबैभन्दा बढी इरानमा ५३९१ जनाले ज्यान गुमाउँदा चीनमा ४६३२ तथा टर्कीमा २२५९ जनाले ज्यान गुमाएका छन्।
सबैभन्दा बढी संक्रमण रहेको टर्कीमा ९५ हजारभन्दा बढी मान्छेमा कोरोना देखिँदा इरानमा ८६ हजार तथा चीनमा ८२ हजारमा संक्रमण देखिएको छ।
यस्तै दक्षिण एसियाली मुलुक भारतमा सबैभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। भारतमा यो समाचार तयार पार्दासम्म २०४७१ जनामा संक्रमण देखिँदा ६५२ जनाले ज्यान गुमाइसकेका छन्। भारतमा ३ हजार ९ सय जना निको भएर घर फर्किएका छन्। यस्तै पाकिस्तानमा ९७४९ जनामा संक्रमण देखिदा २०९ जनाले ज्यान गुमाइसकेका छन्। यहाँ २१५६ जना निको भएका छन्।
यस्तै बंगलादेशमा ३७७२ संक्रमित मध्ये १२० जनाको ज्यान गएको छ। श्रीलंकामा ३२१ संक्रमितमध्ये ७ जनाको मृत्यु भएको छ। यस्तै माल्दिभ्समा ८६ जना संक्रमित फेला पर्दा भुटानमा ६ जना भेटिएका छन्। यस्तै नेपालमा ४५ जना संक्रमित मध्ये ७ जना निको भएर घर फर्किएका छन्।
यी तीनै देशमा अहिलेसम्म कोरोनाका कारण कुनै पनि व्यक्तिको मृत्यु भएको छैन।