भारतमा कोरोना परीक्षणको लागि प्रयोग गरिएको र्‍यापिड टेस्ट दुई दिन राेकिने

भारतमा कोरोना भाइरसको परीक्षणको लागि प्रयोग गरिएको र्‍यापिड टेस्ट परीक्षण दुई दिन लागि रोकिने भएको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर)ले का अनुसार कोरोनाको परीक्षणको क्रममा आईटीपीसीआरको पोजेटिभ नमुनामा धेरै फरक आएको कारण तत्कालाई रोक्न लागिएको हो। आईसीएमआरका आठ इन्स्टिच्युटले यी किट्सहरुको परीक्षण गर्नेछन् ।

त्यसपछि मात्र नयाँ दिशानिर्देश दिइने अधिकारीहरुले बताएका छन्। 

आईसीएमआरका अनुसार र्‍यापिड टेस्ट र आईटीपीसीआरको पोजेटिभ नमुनामा ६ देखि ७१ प्रतिशतसम्मको अन्तर पाइएको हो । र्‍यापिड टेस्टमा केही फरक देखिनु सामान्य हो तर यस किसिमको अन्तरको विषयमा भने अनुसन्धान गर्नुपर्ने आईसीएमआरका अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार दुई दिनमा हुने अनुसन्धानमा कुनै किसिमको खराबी देखिए सम्बन्धित कम्पनीलाई उक्त परीक्षण किट्स फिर्ता गरिनेछ ।

यसअघि भारतको राजस्थानलगायत केही राज्यले र्‍यापिड टेस्ट किटको विषयलाई लिएर प्रश्न उठाएका थिए । केवल पाँच प्रतिशत मात्र सही नतिजा दिएको खुलेसँगै राजस्थानमा यो किटको प्रयोगमा रोक लगाइएको थियो ।

प्रकाशित मिति: : 2020-04-22 14:33:00

प्रतिकृया दिनुहोस्