उदयपुरमा थप ११ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरको भुल्केस्थित त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।
योसँगै उदयपुरमा मात्र २४ जना कोरोना संक्रमित भेटिएका छन्।
याे पनि
नेपालमा कोरोना संक्रमितकाे संख्या ३२ पुग्याे, उदयपुरमा थपिए एक जना
उदयपुरकाे भुल्केमा थप ८ जनामा कोरोना फेला, संक्रमितकाे संख्या ४० पुग्याे