उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो ।
मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण गरिएकाे थियाे।त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च स्रोतले जनाएको छ।
कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो ।
उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कोरोना पुष्टि भएका १३ संक्रमित पनि मुस्लिम समुदायकै हुन्।
उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। ती संक्रमितहरूलाई पनि विराटनगरको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भइरहेको बताइएको छ।
योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।