लमजुङबासीको आइसियू सपना पूरा हुँदै 

लमजुङबासीको सघन उपचार कक्ष (आइसियू) सपना पूरा हुने भएको छ। 

जिल्ला विपद् व्यवस्थापन समितिले बेंसीशहर नगरपालिका –८  स्थित  लमजुङ जिल्ला सामुदायिक अस्पतालमा आइसियु, भेन्टिलेटर र डायलोसिस सेन्टरको व्यवस्थापन गर्ने भएसँगै जिल्लावासीको सपना पूरा हुने भएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए।

समितिले सो व्यवस्थापनका लागि संघीय र गण्डकी प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको र जतिसक्दो छिटो आइसियूको व्यवस्थापन गर्नेतर्फ लागिपरेको उनको भनाइ छ। 'नेपाल सरकारले चाइनाबाट सामग्री ल्याउन लागेको छ, सो सामग्री मध्य जिल्लामा पनि माग गरेका छौंँ' उनले भने।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण संक्रमितलाई राख्नका लागि आइसियू महत्वपूर्ण भएकाले अस्पताल व्यवस्थापन समितिले समेत आइसियूको माग सरकारसँग गरिसकेको अस्पतालका प्रमुख प्रकाशकीय अधिकृत हेमन्त श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-21 12:48:52

प्रतिकृया दिनुहोस्