वैज्ञानिक रिपाेर्टले भन्याे– काेराेना भाइरस प्रयाेगशालामा उत्पादन भएकाे हाेइन

नोभल सार्स–कोभ–२ कोरोना भाइरस, जुन गत वर्षको अन्त्यतिर चीनको उहान शहरबाट उदय भएको थियो र अहिलेको अवस्थामा कोभिड–१९ को रुपमा विश्वको ७० देशमा फैलिसकेको छ। यो महामारी कुनै कारखाना वा ल्याबमा उत्पादन नभई प्राकृतिक विकाश क्रमको उपज भएको जीवशास्त्रीहरुले दावी गरेका छन्। 

जीव बैज्ञानिकको यसै साता सार्वजनिक एक लेख ‘नेचर मेडिसिन’ मा प्रकासित भएको थियो। जसमा उनीहरुले कोरोना भाइरस संक्रमित व्यक्तिहरुको डिएनको अनुसन्धान गर्दा कोभिड–१९ को भाइरस ल्याबमा तयार पारिएको कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेका छन्। 

‘हामीलाई उपलब्ध संक्रमितहरुको तथ्यांकको डिएन टेस्टको अनुसन्धान गर्दा निश्चिन्त भएका छौं, सार्स–कोभ–२ प्राकृतिक प्रकृयाजन्य छ,‘ अमेरिकास्थित स्किप्स रिसर्च सेन्टरका इम्युनोलोजी र माइक्रोबायोलोजी विषयका सहप्राध्यापक तथा यस रिसर्चका लेखक डाक्टर क्रिस्टिन एन्डर्सनले भनेका छन्। 

उनको सोध ‘दि प्रोक्सिमल ओरिजिन अफ सार्स–कोभ–२’ मा टुलान विश्वविधालयका रोबर्ट एफ ग्यारी, सिड्नी विश्वविधालयका इडवार्ड होल्मेस, इडिनबर्ग विश्वविधालयका एन्ड्रयु रामबाउट, कोलम्बिया विश्वविधालयका डब्ल्यु इयान लिप्किन पनि संलग्न थिए।

कोरोना भाइरसलाई भाइरसहरूकै ठूलो परिवार मानिएको छ, जसले व्यापक रूपमा मानिसलाई गम्भीर अवस्थामा पुर्याउने गरेको छ। कोरोना भाइरसको कारण चीनमा पहिलो गम्भीर बिरामी २००३ मा देखा परेको थियो, जसमा तीव्र श्वासको समस्या (सार्स) देखिएको थियो। दोस्रो महामारी २०१२ मा साउदी अरेवियामा देखापरेको थियो, जसलाई मध्यपूर्व श्वास सिन्ड्रोम (मेर्स अर्थात एमईआरएस) भनिएको छ।  

काल्पनिक रुपमा कोरोना भाइरसका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेपछि चिनियाँ अधिकारीहरूले यसको जानकारी गत वर्षको ३१ डिसेम्बरमा विश्व स्वास्थ्य संगठनलाई गराएका थिए। पछि यसको नामाकरण सार्स–कोभ–२ गरियो। २० फेब्रुअरी २०२० सम्म आइपुग्दा सुरुवाती केही लक्षण निदान भएको तथ्यलाई छोड्दा यसले करिब १ लाख ६७ हजार ५ सय जनालाई आफ्नो प्रभावमा पारिसकेको थियो। यति बेला यो भाइरसबाट ६ हजार ६ सयले ज्यान गुमाइसकेका थिए। 

यो घटना लगत्तै यसले महामारीको रुप लिन थाल्यो र चिनियाँ वैज्ञानिकहरूले सार्स–कोभ–२ सँग जोडिएका सम्पूर्ण जानकारी विश्वव्यापी अनुसन्धानकर्तालाई उपलब्ध गराए। अनुसन्धानकै क्रममा चिनियाँ अधिकारीले यो भाइरस मान्छेबाट मान्छेमा सर्ने भएका कारण महामारी फैलिरहेको पत्ता लगाएका थिए। 

एन्डर्सन र अन्य थुप्रै अनुसन्धान संस्थाका सहयोगीले सार्स–कोभ–२ को उत्पत्ति एवम् अनुसन्धानका लागि चीनले उपलब्ध गराएको यही अनुक्रमिक डेटाहरुलाई आधार बनाएका थिए, जसमा उनीहरुले भाइरसको विषयमा आएका थुप्रै कथाहरुको सन्दर्भको पनि चेकजाँच गरेका थिए। 

भाइरसलाई बाहिरबाट घेरेर राखेको प्रोटिनको बहुआयामिक आणुवंशीय गुणको बैज्ञानिकहरुले विश्लेषण गर्दा यसले आफ्नो प्रभाव देखाउन मानव तथा जनावरको बाहिरी कोषलाई प्रयोग गर्ने गरेको पनि फेला परेको थियो। बैज्ञानिकहरुले  प्रोटिनको बहुआयामिक चरित्रलाई लिएर विशेषगरि दुई वटा विषयमा अध्ययन केन्द्रित गरेका थिए, जसमा रिसेप्टर–बाइन्डिङ डोमिन ९आरबीडी०, एक किसिमको जकडिएर बसेको जिवित कोशिका, जसले भाइरसलाई गुणात्मक बनाउन योगदान गर्छ र अर्को क्लेभेज साइट, जहाँ एउटा अणु  भाइरसलाई प्रवेश गराउन सहायक सावित हुन्छ र यो भाइरसलाई गुणात्मक बनाउने जिवित कोशिकामा प्रवेश गर्छ।   

प्राकृतिक विकासक्रमको लागि प्रमाण

बैज्ञानिकहरुले सार्स–कोभ–२ शरीरको भित्र फैलिने प्रोटिनको अंश आरबिडी क्षेत्रमा प्रवेश गरेपछि यसले विस्तारै ‘ब्लड प्रेसर’ नियमन गर्ने एन्जियोटेन्सिन–कन्भर्टीङ इन्जाइम २ (एसीई २) लाई प्रभावकारी रुपमा लक्षित गर्ने बताएका छन्। जसको अर्थ हो, कोरोना भाइरस शरीरको भित्र प्रवेश गरेपछि यसले फोक्सो,मुटु, मिर्गौला, छाती, धमनी र आन्द्रालाई लक्षित गर्न थाल्छ। र, यो कृया यति प्राकृतिक छ। यसले गर्ने कार्यले कतै पनि स्पष्ट हुँदैन यो भाइरस कुनै कारखानामा बनाइएको हो वा जीवहरुलाई जोडेर तयार पारिएको होस्। 

यसको प्रमाण सार्स–कोभ–२ को ब्याकबोनबाट लिइएको डेटाबाटै थाहा हुन्छ, जुन पुरै आणविक संरचनामा थियो। यदि कसैले कोरोना भाइरसको रुपमा नयाँ भाइरस बनाउने सोच राखेको छ भने उसले कोरोना भाइरसले असर पार्ने जस्तै कुनै भाइरसको ब्याकबोनबाट डिएनए निकालेको हुनुपर्छ। तर, बैज्ञानिक परीक्षणमा सार्स–कोभ–२ को ब्याकबोन पहिले पत्ता लागेको कोरोना भाइरसभन्दा निकै अलग र भिन्न पाइएको छ र यो चमेरा तथा प्याङ्गोलिनमा पाइने भाइरससँग मेल खान्छ। 

बेलायतमा आधारित वेलकम ट्रस्टमा कार्यरत महामारी विषयमा पिएचडी गरेका जेशी गोल्डिङले एन्डर्सन तथा उनको टिमले कोरोना भाइरसको उत्पत्तिको विषयमा गरेको खोजमूलक अनुसन्धानको तारिफ गरेका छन्। र उनले यसअघि आएको सबै अफवाहलाई खारेज गरेका छन्। 

–एजेन्सीबाट

प्रकाशित मिति: : 2020-04-24 18:39:00

प्रतिकृया दिनुहोस्