मोबाइलमा पैसा सकियो ? अब निःशुल्क कल गर्नुहाेस्

बिएल संवाददाता

काठमाडाै‌ं

मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । 

लकडाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानीमार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो । ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । 

यो सुविधा सोमबार राती १२ बजेबाट लागु हुनेछ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरिएको हो ।

जिरो ब्यालेन्स नाम दिइएको प्याकेजमा टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, एक सय एमबी डेटा उपलब्ध गराउनेछ ।

आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने कम्पनीले जनाएको छ । 

टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: : 2020-04-20 20:57:00

प्रतिकृया दिनुहोस्