जुम्लामा परीक्षण गरिएका चार सय ८३ जनाको रिपोर्ट नेगेटिभ

जुम्लामा भारत तथा तेस्रो मुलुकबाट आएका चार सय ८३ जनाको कोरोना परीक्षण गरिएको थियो। चैत पहिलो सातादेखि जुम्ला भित्रिएका नागरिकहरुको कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए। 

उनका अनुसार तीन सय ३९ जनाको स्वाब र एक सय ४४ जनाको ऱ्यापिड डाइग्नोस्टिक टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।

बाहिर जिल्लाबाट आउने क्रम जारी नै रहेकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र १४ दिनपछि ऱ्यापिड डाइग्नोस्टिक टेस्ट गरिने कार्यालयले जनाएको छ। 

जुम्लाका विभिन्न पालिकामा आठवटा स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्। 

उनका अनुसार १४ दिन क्वारेन्टाइनमा बसेर दुई सय ६३ जना घर फिर्ता भएका छन् भने १३ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति: : 2020-04-20 18:38:59

प्रतिकृया दिनुहोस्