भारतीय कम्पनीले बनायो विजुलीबिनै चल्ने भेन्टिलेटर, मूल्य २५ सय मात्रै

बिएल संवाददाता

नयाँदिल्ली

 बैंगलोरस्थित एक आईटी कम्पनीले विजुलीबिनै चल्ने भेन्टिलेटर बनाएको छ। 

कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको भारतलाई नयाँ प्रविधिको यो भेन्टिलेटरले राहत दिने छ। भारतको आर्थिक विकाश सम्बन्धी हेर्ने निती आयोगका प्रमुख कार्यकारी अधिकृत अमिताव कान्तले डाइनामिक टेकले तयार गरेको यो भेन्टिलेटरको मूल्य २५ सय भारतीय रुपैयाँ पर्ने उल्लेख गरिएकाे छ।

एयरबस र बोइङका लागि आवश्यक उपकरणहरु उत्पादन गर्ने डाइनामिक टेक कम्पनीले भेन्टिलेटर तयार गरेको यो भेन्टिलेटर विश्वकै सबैभन्दा सस्तो भएको दावी गरिएको छ। 

ग्रामिण प्राथमिक स्वास्थ्य चौकी र स्थानीय अस्पतालहरुका लागि यो भेन्टिलेटर बढी उपयोगी हुने हिन्दुस्तान टाइम्सले जनाइएको छ।

भेन्टिलेटरले शरिरमा प्रेसर र अक्सिजनको मात्रा नियन्त्रण गरि स्वास प्रश्वासलाई सहज बनाउने छ।

याे भेन्टिलेटरले कोरोना भाइरसबाट जीवन बचाँउन महत्वपुर्ण हुने विश्वास व्यक्त गरेका छन्।
 

प्रकाशित मिति: : 2020-04-20 16:12:50

प्रतिकृया दिनुहोस्