शनिबार, १२ जुलाई २०२५

बेलायतमा लकडाउनकाबीच संसद खुल्ने, लकडाउन अन्त्य नहुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2020-04-20 15:38:45
News Image
• • •

 बेलायत सरकारले देशमा जारी लकडाउन छिट्टै समाप्त गर्ने सम्भावनालाई अस्वीकार गरेको छ । बेलायतमा ४ हप्ता पहिले लकडाउनको घोषणा गरिएको थियो । यद्यपी जारी लकडाउनका बीच बेलायतको संसद् खुल्ने भएको छ ।

बेलायत सरकारको क्याबिनेट अफिस मिनिस्टर माइकल गूभले भने, तत्काल लकडाउन अन्त्य गर्ने अवस्था छैन । संक्रमण समान अवस्थामा भएको देखिइरहेको छ ।

उता कोरोना संक्रमणका कारण अस्पतालमा भर्ती बेलायती प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थ्य अवस्था सुधार भएसँगै कामकाज सुरु गरेको बताइएको छ ।

मंगलबारबाट हाउस अफ कमन्स चेम्बर (संसदको तल्लो सदन) खोल्ने तयार सुरु भएको छ । यद्यपी सांसदहरु प्रवेश गर्नुभन्दा पहिले थर्मल स्क्यानिङ हुनेछ, ताकि कोरोना संक्रमणलाई लिएर उनीहरुको जाँच गर्न सकियोस् । अन्य यूरोपेली मुलुकहरु समेत केहि क्षत्र हरु खोल्ने क्रम मा रहेका छन् ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?