तातोपानी नाका सुचारु, स्वास्थ्य सामग्री बोकेका कन्टेनर नेपाल भित्रिए

स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामग्री आयतमा वृद्धि भएको छ ।

गत साताबाट पुनः सञ्चालनमा आएको तातोपानी नाकाबाट हिजो चार कन्टेनर स्वास्थ्य सामग्री नेपाल भित्रिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको छ ।

अहिले नाकाबाट निर्वादरुपमा सामान आयत भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-04-20 15:33:38

प्रतिकृया दिनुहोस्