लकडाउनका कारण २६ दिनदेखी जंगलमै बास

भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखि जंगलमै बासबस्न बाध्य भएका छन्। ‘लकडाउन’ अगाडि नगरपालिकाले पर्यटकीय गन्तव्यका लागि चाँगुनारायण नगरपालिका ७ र ८ वडामा पर्यटक ट्रेकिङ्ग ट्रयालको निर्माण गरिरहेको थियो। यसका लागि काम गर्न आएका मजदुरहरू ‘लकडाउन’ का कारण जंगलभित्रै अलपत्र परेका हुन्।  

नगरपालिकाले ४ करोडको लागतमा मुहान पोखरीदेखी नगरकोटको महादेवस्थानसम्म ४ किलोमिटरको ट्रेकिङ्ग ट्रयाय निर्माण गरिरहेको थियो। ‘लकडाउन’ पछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायत जिल्लाका १८ मजदुर जंगलमा दिन काट्न बाध्य भएका छन्। 

उनीहरूलाई नगरपालिकाले राहतका लागि खाद्यान्न सामग्री उपलब्ध गराए पनि जंगलमै कष्टकर जीवन विताउन बाध्य हुनुपरेको मजदुरको गुनासो छ। ‘लकडाउन’ को समयमा सरकारलाई घरजान सक्ने वातावरण मिलाइदिन ती मजदुरले आग्रहसमेत गरेका छन्।

चाँगुनारायण नगरपालिकाका नगरप्रमुख सोमप्रसाद मिश्रले भने उनीहरूलाई क्वारेन्टाइनमा राखिएको बताएका छन्।  


 

प्रकाशित मिति: : 2020-04-20 13:42:39

प्रतिकृया दिनुहोस्