हायात रिजेन्सी होटेल १६ असारसम्म बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

हायात रिजेन्सी होटेल असारसम्म बन्द हुने भएको छ। ९ चैतबाट व्यवसायिक सञ्चालन बन्द रहेको यो होटेलले आइतबार एक सूचना प्रकाशित गर्दै होटेल १६ असार २०७७ (३० जुन २०२०) सम्म बन्द हुने जानकारी गराएको हो ।

लकडाउन खुलेको अवस्थामा पनि होटेल पूर्ण रुपमा सुरक्षित र व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने भन्दै होटेल असारसम्म नै बन्द गर्ने निर्णय भएको होटेलका महाप्रवन्धक राजेश रामदासले उल्लेख गरेका छन् ।

'कार्यस्थलमा संक्रामक रोगको रोकथाम तथा नियन्त्रणको समुचित व्यवस्था नभएसम्मका लागि होटेल बन्द गर्नु परेको हो,' उनले भने, 'कर्मचारीसमेत होटेलसम्म आउन सक्ने सुनिश्चितता नभए कारण बन्द हुने अवधि बढाइएको हो।'

होटेलले काठमाडौंका सम्पूर्ण कामदार, कर्मचारी र व्यवस्थापकलाई १६ असारसम्म जगेडामा राख्ने निर्णय गरेको महाप्रवन्धक रामदासको भनाइ छ । जगेडामा रहेको अवधिमा कर्मचारी तथा श्रमिकले आधा तलब पाउने भएका छन् ।

'परिस्थितिको मूल्यांकन गर्दै आगामी दिनमा थप निर्णय लिन सकिने व्यवस्थापन गरिएको छ,'उनले भने। 
 

प्रकाशित मिति: : 2020-04-19 21:10:39

प्रतिकृया दिनुहोस्