नेविसंघ ५१औँ वर्षमा, कांग्रेस नेताले देखाएको बाटोमा अघि बढ्ने प्रतिवद्धता

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ स्थापनाको ५१ वर्षमा प्रवेश गरेको छ । २०२६ साल बैशाख ६ गते स्थापित उक्त संघका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्तिमार्फत्  शुभकामना व्यक्त गरेका हुन्

ढुङ्गानाले विज्ञप्तिमा शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रका विकृति  विसंगतिविरुद्ध खबरदारी गर्दै शिक्षा र ज्ञान प्राप्तिका दिशामा उत्साहका साथ अघि बढ्न प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।्

पाँच दशकअघि नेविसंघको पहिलो महाधिवेशनको उद्घाटन गर्दै यसको विधिवत स्थापनागर्नु हुने सन्तनेता कृष्णप्रसाद भट्टराईलाई श्रद्धापूर्वक स्मरण गर्दछु,’ ढुङ्गानाले विज्ञप्तिमा भनेका छन्।

ढुङ्गानाले देशभित्र र बाहिर रहेकाविद्यार्थीहरुमाआफ्नो हकहितप्रति जागरुक हुँदै शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा रहेका विकृति तथा विसंगतिविरुद्ध खबरदारी गर्न आह्वान गरेका छन्।

‘आज हामीले आफ्नो स्थापना दिवस मनाउँदै गर्दा सिंगो विश्व कोरोना भाइरस संक्रमणले आक्रान्त छ, यसबाट लाखौँ संक्रमित भएका छन्, मृतकहरु पनि दिनानु दिन बढिरहेका छन्,’ उनले भनेका छन्,‘संकटको घडीमा सिंगो राष्ट्र एकजुट भई महामारीको सामना गर्दछु ।’  उनले यस क्षणमा पारदर्शी भएर, जनतालाई उत्साहित बनाउँदै सबैलाई साथमा लिई अघि बढ्न सरकारसँग आग्रह पनि  गरेका छन्।

उनले कांग्रेस नेताहरू बिपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहरुले देखाएको बाटोमा नेवि संघ निरन्तर अघि बढ्ने ढुङ्गानाले विज्ञप्तिमा बताएका छन्।

प्रकाशित मिति: : 2020-04-18 11:06:44

प्रतिकृया दिनुहोस्