सप्तरीको शम्भुनाथ नगरपालिका–३ का व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालनमा ल्याएको छ।
पूर्वपश्चिम राजमार्गमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सप्तरीको शम्भुनाथमा व्यवसायीले ‘निःशुल्क खाजा घर’ सञ्चालनमा ल्याएको हो।
बन्दाबन्दीका कारण सवारी साधन चल्न नसक्दा हिँडेरै घरतर्फ लागेका करिब ६०० पैदलयात्रीलाई शुक्रबार निःशुल्क खाजा खुवाएका छन्।
ती यात्रुलाई निःशुल्क खाजा खुवाउन पूर्वपश्चिम राजमार्ग छेउमै रहेको ट्राफिक चोकमा खाजा घर सञ्चालन गरिएको हो। लकडाउनले पसल बन्द रहँदा पश्चिमबाट काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट आफ्नो घरतर्फ हिँडेका यात्रुले खानेपानीसम्म नपाइरहेको अवस्थामा बजारवासीको पहलमा यात्रुका लागि निःशुल्क खाजाको व्यवस्था गरेको छ।
बन्दाबन्दीका कारण सवारी साधन नचलेपछि राजमार्गमा हिँडेर जाने यात्रुका लागि ‘बजारभरिका व्यवसायीले चिउरा, भुजा, दालमोट, चाउचाउ, विस्कुटलगायतका सामग्री उपलब्ध गराइरहेको भनाइ छ।
'खाजाबाहेक पनि बजारमा क्लिनिक तथा औषधि पसलसमेत सञ्चालन गरिरहेकाले समान्य खालका औषधिसमेत निःशुल्क वितरण गरिरहेका छन्' उनले भने, 'चार दिनअघि सञ्चालन गरेको खाजा घरमा शुक्रबार मात्र ६०० यात्रुलाई निःशुल्क खाजा खुवाइएको थियो।'
लकडाउनको अवधिभर खाजा घर सञ्चालनमा रहने स्थानीयवासी नर्मदेव यादवले जानकारी दिए।