विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख ५४ हजार भन्दा बढी पुगेको छ। यस्तै २२ लाख ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ।
अहिलेसम्म अमेरिकमा कोभिड–१९ बाट ३६ हजार ९९७ जनाको ज्यान गइसकेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ।
यस्तै अहिलेसम्म सात लाख एक हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको हो। इपिसेन्टर न्यूयोर्क सिटीमा मात्रै १३ हजार २०२ जनाको ज्यान गइसकेको छ।
यसकाबिच राष्ट्रपति डोनाल्ड ट्रम्पले लकडाउनको विरोध गर्दै खोल्ने तयारी गरेको छ।
अमेरिकापछि इटालीमा २२ हजार ७४५, स्पेनमा २० हजार दुई तथा फ्रान्समा १८ हजार ६८१ जनाको ज्यान गएको छ।
स्पेनमा एक लाख ९० हजार, इटालीमा एक लाख ७२ हजार तथा फ्रान्समा एक लाख ४७ हजार मानिसमा संक्रमण पुष्टि भएको छ।