पार्टीका नेतालाई सभापति देउवाको आग्रह : पैदल यात्रुलाई सहयोग गर्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अलपत्र परेका नागरिकलाई सहयोग गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

लकडाउनका कारण काठमाडौँलगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएपछि पैदल हिँडेर घर गइरहेका नागरिकलाई आवश्यक सहयोग गर्न सभापति देउवाले पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका हुन्।

शुक्रबार ट्वीटमार्फत उनले पार्टीका स्थानीय तह र भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी एवं सदस्यलाई सामाजिक दूरी कायम गरी त्यस्ता नागरिकलाई आ–आफ्नो क्षेत्रमा खाना र राति भए आवासको प्रबन्ध मिलाउन आग्रह गरेका हुन्।

काठमाडौँमा श्रम गरिरहेका र हाल खाना तथा बस्ने व्यवस्था नहुँदा सयौँ किलोमीटर पैदल हिँडेर घर गइरहेका जनतालाई सरकारको भरथेग सबैभन्दा बढी हुनुपर्ने उल्लेख गर्दै उनले भने, 'तर सरकारमा बसेका त्यो यात्राको दर्शक मात्रै भएको छ।'

प्रकाशित मिति: : 2020-04-17 17:23:45

प्रतिकृया दिनुहोस्