लकडाउन प्रभावकारी बनाउदैं युवा

ग्रामीण क्षेत्रमा लकडाउनको उल्लङ्घन हुन नदिन धनगढीको फूलबारीका युवा सक्रिय भएका छन्। 

तीन वटा वडा १४, १८ र १९ का युवाले कोरोना विरुद्धको युवा अभियानअन्तर्गत स्वयम् सेवक समिति नै गठन गरेर सक्रिय भएको कोरोना विरुद्धको युवा अभियानका संयोजक कृष्ण पाण्डेले जानकारी दिए।

उनका अनुसार हरेक गाउँगाँउमा कोरोना विरुद्धको युवा अभियान नै सञ्चालन गरेको हो। 'भारतबाट नेपालको सीमानाका हुँदै चोरबाटोबाट गाउँ भित्रिन खोज्ने व्यक्तिलाई शुरुमा सम्झाइ बुझाइ क्वारेन्टाइनमा बस्न आग्रह गरेका छौँ' उनले भने, 'नमान्नेलाई स्थानीय प्रहरीलाई जानकारी दिने गरेका छौँ।' 

 कोही लकडाउन उल्लङघनसम्बन्धी कुनै क्रियाकलापमा सक्रिय देखिएको पाइएमा, नयाँ अपचित मानिस गाउँ प्रवेश गरेको पाइएमा फेसबुकको म्यासेन्जर तथा फोन मार्फत एकअर्को बीच खबर आदान प्रदान गरी सूचना प्रवाह गर्ने गरेको वडा नं १४ का स्थानीय कृत विष्टको भनाइ छ।

'यदि कोही व्यक्ति कुनै समस्यामा परेको छ भने उनीहरुको समस्यालाई हेरेर उद्धार पनि गर्ने गरेका छौँ' उनी भन्छन्, 'यस्तै उनीहरुले हुलाकी सडक तथा शाखा सडकमा अनावश्यक रुपमा सवारीसाधन चलाइ रहेका छन् भने आवतजावतमा पूर्ण रोक लगाइ प्रहरीलाई सहयोग गरेका छौं।'

स्वयम् सेवकको रुपमा खटिएका युवाले आफूहरु र लकडाउनलाई थप प्रभावकारी बनाउन सहज भएको सशस्त्र प्रहरी बल फूलबारीका प्रमुख जयबहादुर महतोको भनाइ छ। सामाजिक दूरी कायम गर्नु र लकडाउनको पूर्णपालना गर्नु नै उपयुक्त विधि रहेको भन्दै उनले भने, 'अनावश्यक रुपमा हिँड्डुल गर्ने व्यक्ति र सवारीलाई नियन्त्रण लिँदै सम्झाइबुझाइ छोड्ने गरेका छौं।'

सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सञ्चारकर्मीलाई शुक्रबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले नेपाल पत्रकार महासङ्घ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।  सञ्चारकर्मीका लागि ४०० थान मास्क, ४० बट्टा सेनीटाइजर, १०० थान ग्लोब्सहरु हस्तान्तरण गरेको नगरप्रमुख वडले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-17 16:25:09

प्रतिकृया दिनुहोस्