रुकुम(पूर्व)मा अनलाइनमार्फत सवारी अनुमतिपत्र दिन शुरु गरिएको छ। बन्दाबन्दीमा आवतजावत तथा अत्यावश्यक सेवा सहज बनाउन जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्व) ले अनलाइन सवारी साधन सञ्चालन अनुमतिपत्र उपलब्ध शुरु गरेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए।
'लकडाउन अवधिभर सवारी साधन परिचालन अनुमतिपत्र वितरणलाई सरल, सहज र सुव्यवस्थित बनाउन अनलाइनमार्फत पास दिने व्यवस्था गरिएको हो' उनले भने।
नेपाल सरकार (सचिवस्तर) को गत चैत ३० गतेको निर्णय कार्यान्वयनका लागि गृह मन्त्रालय (आन्तरिक सवारी तथा सभा समारोह व्यवस्थापन शाखा) को पत्रानुसार रुकुम (पूर्व) मा अनलाइन सवारी पास कार्यान्वयनमा उनको भनाइ छ।