बेलायतमा कम्तिमा तीन हप्ता लकडाउन लम्बिने

बेलायतमा कम्तिमा तीन हप्ताका लागि लकडाउन लम्बिने भएको छ। कोरोना भाइरसको महामारी नियन्त्रणमा लिने प्रयास स्वरुप लागु भएको लकडाउन कम्तिमा थप तीन हप्ता बढाउने निर्णय भएको बेलायती विदेश मन्त्री डोमिनिक राबले बताएका छन्।

प्रधानमन्त्री कार्यालयमा भएको नियमित पत्रकार सम्मेलनमा उनले अहिले नै लकडाउन खुकुलो बनाउनु जोखिमपूर्ण हुने बताए।

‘अहिले नै लकडाउन खोल्दा मानव स्वास्थ्य र अर्थतन्त्र दुवैमा थप नकारात्मक असर पर्ने देखिएको छ,’ उनले भने, ‘अझै पनि कोरोना भाइरसको संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएकाले लकडाउन थप्ने निर्णय भएको हो।

उनले लकडाउनल खोलेर जोखिम लिन नचाहेको बताएको हो।

बेलायत गएको मार्च २३ देखि लकडाउनको अवस्थामा छ। अझै कम्तिमा तीन हप्ता मानिसहरु घर बाहिर निस्कन पाउने छैनन्। अत्यावश्यक बाहेकका व्यवसायहरु खुल्ने छैनन्। दुईजना भन्दा बढी जम्मा हुन नपाउने नियम लागु छ।

बेलायतमा बिहीबार एकै दिन कोरोना भाइरसको संक्रमण भइ अस्पताल भर्ना भएका ८६१ जनाको मृत्यु भयो। योसँगै अहिलेसम्म बेलायतमा १३ हजार ७५९ जनाको ज्यान गएको छ। यस्तै संक्रमितको संख्या एक लाख चार हजार भन्दा बढी रहेको छ।
 

प्रकाशित मिति: : 2020-04-17 06:34:33

प्रतिकृया दिनुहोस्