मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने

बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित असिना पानी पर्न सक्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका  अनुसार पश्चिमीसँगै स्थानीय वायुको प्रभावले देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भइ मध्य र पूर्वका केही ठाउँ तथा पश्चिमका थोरै ठाउँमा पानी पर्ने सम्भावना छ।

बिहिबारभन्दा शुक्रबार र पर्सी शनिबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको उनले जानकारी दिए। अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्न लागेकाले भोलि र पर्सी देशभरिकै मौसम सामान्यतया बदली भइ देशका विभिन्न ठाउँमा चट्याङ, हुरीबताससहित केही ठाउँमा असिना पानी पर्ने उनले बताए।

प्रकाशित मिति: : 2020-04-16 08:54:30

प्रतिकृया दिनुहोस्