बाढीका कारण गुल्मीमा बन्दै गरेको पक्की पुल दोस्रो पटक भत्कियो

गुल्मीमा बुधबार पानी परेसँगै बढीघाट खोलामा आएको बाढीका कारण बन्दै गरेको पक्की पुल दोस्रो पटक भत्किएको छ । बाढीका कारण  मुसिकोट नगरपालिका अन्तर्गत वडा नम्बर ३ र ७ जोड्नका लागि बन्दै गरेको पक्की पुल दोस्रो पटक भत्किएको हो । 

तीन वर्षअघि सङ्घीय सरकारको पाँच करोड १७ लाख लागतमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालीले यो पुल निर्माणको जिम्मा पाएको थियो । यो पुलको लम्बाइ ५५ मिटर रहेको छ । 

अविरल वर्षाको कारण गएको वर्ष ढलानकै क्रममा यो पुल भत्किएको थियो । भत्किएको पुलको आठ महिनापछि फेरि निर्माण कार्य सुरु गरिएको थियो । पुलको गएको चैत मसान्तमा तल्लो ढलान सकिएको थियो । बुधबार साँझपख बढीघाट खोलामा आएको बाढीका कारण पक्की पुल भत्किँदा ठूलो क्षति पुगेको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले बताए। 


 

प्रकाशित मिति: : 2020-04-16 07:47:29

प्रतिकृया दिनुहोस्