लकडाउन प्रभाव: गाउँमा सहज, शहरमा सकस

धनबहादुर बुढा

जुम्लाको घोडेगाउँमा लकडाउन उलंङ्घन गरेर गाउँ छोडेर जानेलाई पाँच सय रुपैयाँ जरिवाना छ। गाउँभित्र प्रवेश गर्नेलाइ एक हजार रुपैयाँ। गाउँमा त्यो नियम लागेपछि आउजाउ गर्ने ह्वात्तै घटेको छ। त्यो गाउँमा न भिडभाड हुन्छ। नत आउजाउ नै बढि  हुन्छ। गाउँमा अपरिचित र विदेशबाट आउने ब्यक्ति प्रवेश नपाउने भएपछि गाउँमा आफ्नै खालको सहज जीवनयापन छ।

स्थानीय जङ्ग रोकाया भन्छन्,‘ बाहिरबाट आउने व्यक्ति रोकेपछि यहाँ कोरानाको त्रास छैन्। लकडाउन भित्र यहाँका स्थानीयले आफ्नै खालको जीवनशैली अपनाएका छन्। दिउँसो खेतिपातीमा संलग्न हुन्छन्। सामाजिक दुरी कायम गरेका छन्। राति सिँधै घर भित्रिन्छन्। न गाउँमा कचहरी बस्छ, नत कुनै सामुहिक कार्य नै भएका छन्।’ 

यहाँका अधिकांश सर्वसाधरण लेकाली बस्ती सरिसके। जहाँ कोही पनि नयाँ व्यक्ति प्रवेश गर्न पाउँदैन्। कनकासुन्दरी गाउँपालिका ५ को मुलबाटो नै बन्द छ। विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस छिर्न नपाउने गरि स्थानीयले बाटो नै बन्द गरेका छन्। अहिले भारत लगायतका देशबाट आउनेलाई सिँधै क्वारेन्टाइनमा लैजाने संस्कार बसिसकेको छ। यहाँका प्रत्येक स्थानीय तहमा ६ देखि ५३ बेड सम्मका क्वारेन्टाइन स्थापना गरिएका छन्।

प्रकाशित मिति: : 2020-04-15 19:07:41

प्रतिकृया दिनुहोस्