गुजरातका मुख्यमन्त्री विजय रुपनी आइसोलेसनमा

बिएल संवाददाता

काठमाडाै‌ं

गुजरातका मुख्यमन्त्री विजय रुपनी आइसोलेसनमा बसेका छन्।

मंगलबार बिहान उनले भेटेका विधायक इमरान खाडेवालालाई सोही दिन साँझ कोरोना भाइरसको संक्रमण पुष्टी भएपछि उनी बुधबारदेखि आइसोलेसनमा बसेका हुन्।

रुपनीले बोलाएको बैठकमा खाडेवाला सहभागी थिए। गुजरात मुख्यमन्त्री कार्यालयका अनुसार रुपनीले अबको एक साता कसैलाई भेट्ने छैनन्।

मेडिकल विषेशज्ञद्धय अतुल पटेल र आरके पटेलले गरेको परीक्षणमा रुपनीमा कोरोना भाइरस संक्रमणको कुनै लक्ष्य नदेखिएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

‘सुरक्षाका दृष्टिकोणले अब उहाँको घरमा कसैलाई पनि प्रवेश गर्न दिइने छैन, मुख्यमन्त्री कार्यालयले भनेको छ,‘रुपनीले भिडियो कन्फेरेन्स र फोन कलमार्फत जिम्मेवारी निर्वाश गर्ने छन्।’
 

प्रकाशित मिति: : 2020-04-15 16:46:31

प्रतिकृया दिनुहोस्