‘अर्थमन्त्री मुटुको बिरामी हुनुहुन्छ, सार्वजनिक कार्यक्रममा समेत सहभागी हुनुभएको छैन’

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको बिरामी भेटिएको काठमाडौंको काँडाघारीस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा नगएको सचिवालयले दाबी गरेको छ।

खतिवडाका प्रेस संयोजक यमन पौड्यालले अर्थमन्त्री अपार्टमेन्टमा नगएको भन्दै आरोपको खण्डन गरेका हुन्।

अर्थमन्त्री खतिवडाका छोरा अपार्टमेन्टको आन्तरिक समितिका पदाधिकारीको लागि चुनावमा उठेको र खतिवडा त्यहाँ पुगेको समाचार प्रकाशित भएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । 

खण्डन यस्तो छ–

(सनसिटी अपार्टमेन्टमा आन्तरिक समिति गठनका लागि चैत ८ गते भएको भनिएको निर्वाचनमा मा. अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू सहभागी हुनुभएको छैन । पछिल्ला समय उहाँ कुनै पनि सार्वजनिक कार्यक्रम तथा भेलाहरुमा समेत सहभागी हुनुभएको छैन । उहाँ निवास, सिंहदरबार र बालुवाटारका काममा मात्र व्यस्त हुनुभएको छ । मन्त्रीज्यू आफैमा मुटुको बिरामी भएको हुदाँ स्वास्थ्यका विषयमा निकै सजक हुनुहुन्छ । निर्वाचित समितिलाई बधाइ दिन जानुभएको विषयमा कुनै सत्यता नभएको जानकारी गराउँछु ।)

प्रकाशित मिति: : 2020-04-15 12:32:50

प्रतिकृया दिनुहोस्