काेराेना प्रभाव: सन् ‘१९३० को महामन्दीपछि’ विश्वका लागि ऐतिहासिक सङ्कट

बिएल संवाददाता

काठमाडाै‌ं

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तीव्र गतिमा विश्वभरको आर्थिक गतिविधि गिर्दो क्रममा रहेकाले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै तीन प्रतिशतको हाराहारीमा रहने बताएकाे छ। आईएमएफ यस वर्ष सन् १९३० को ’महामन्दी’पछि विश्वभरको अर्थव्यवस्थामा दशककै सबैभन्दा खराब गिरावट हुने बताएको हो। 

कोरोना भाइरसको महामारीले विश्वलाई ऐतिहासिक सकङ्टतर्फ धकेल्ने आईएमएफले जनाएको छ। 

आईएमएफकी प्रमुख अर्थशास्त्री गीता गोपीनाथले भनिन्, ‘कोरोना सङ्कटले आउँदो दुई वर्षमा विश्वको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा ९ ट्रिलियन डलर घाटा हुन्छ।’

विज्ञहरुले महामारी यो वर्षको मध्यमा अन्त्य भएमा आउँदो वर्ष सन् २०२१ मा विश्वको आर्थिक बृद्धिदर ५.८ प्रतिशत पुग्ने बताएका छन्।

यद्यपि आईएमएफले विश्वको अर्थव्यवस्थामा आधारित भएको प्रकाशित गरको वर्ल्ड इकोनोमिक आउटलुकमा बेलायत, जर्मनी, जापना र अमेरिका जस्ता देशले उठाएको ठोस उपायको प्रशंसा गरेको छ। साथै संस्थाले कुनै पनि देश कोरोना भाइरसले निम्त्याउने घाटाबाट बच्न नसक्ने बताएको छ।

यदि सन् २०२० को दोस्रो ६ महिनासम्मका कोरोना नियन्त्रण गर्न सके आउँदो वर्ष विश्वको विकास पाँच दशमलव आठ प्रतिशतसम्म रहने आईएमएफले जनाएको छ। 

‘सन् २०२१ मा आंशिक भरपाईको सम्भावना देखिएको छ। तर जीडीपीको दर पहिलेको भन्दा कम हुनेछ। साथै अवस्था कुन हदसम्म पुग्छ, यसमा अझै अनिश्चि देखिन्छ। विकासको यात्रामा निकै खराब नजिता आउने आँकलन गरिएको छ’, गीता गोपीनाथले भनिन्। 
 

प्रकाशित मिति: : 2020-04-15 08:08:17

प्रतिकृया दिनुहोस्